आरजीएनएसमा नयाँ नेतृत्व चयन, रेग्मी र गुरुङले आलोपालो नेतृत्व सम्हाल्ने सहमति

SHARE:

लण्डन २६ सेप्टेम्बर २०२३ ।

रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) मा नयाँ नेतृत्व चयन भएको छ ।

आइतबार सम्पन्न संस्थाको अधिवेशनले पुण्य रेग्मीको अध्यक्षतामा सर्वसम्मत् कार्यसमिति निर्वाचित गरेको हो । रेग्मी अघिल्लो कार्यसमितिका उपाध्यक्ष एवम् कार्यवहाक अध्यक्ष हुन् ।

यसअघि अध्यक्षमा उम्मेद्वारी दिएकी निवर्तमान समितिकी उपाध्यक्ष लिलादेवी गुरुङ एक वर्षपछि अध्यक्ष बन्ने सहमति बनेपछि सर्वसम्मत काइसमिती बनेको हो । सहमतिअनुसार रेग्मी पहिलो एक वर्ष र गुरुङ दोस्रो एक वर्ष अध्यक्ष रहनेछन् ।

नवनिर्वाचित कार्यसमितिको दुई उपाध्यक्षमा मञ्जु भण्डारी र सुरोज मास्के चुनिएका छन् भने महासचिवको जिम्मेवारी ह्यारी गुरुङले पाएका छन् ।कार्यसमितिको सचिवमा सुदेशा बजगाइँ, कोषाध्यक्षमा सोनी श्रेष्ठ र सहकोषाध्यक्षमा रामकृष्ण अर्याल चुनिएका छन् ।

एलएन पाण्डे संयोजक, राजन खकुराल सदस्यसचिव र सहदेव गिरी सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै शपथग्रहण गराएको थियो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।

नवनिर्वाचित समितिलाई प्रमुख अतिथि रोयल ग्रीनविच बरोका काउन्सिल लिडर एन्थोनी ओकेरेके, निवर्तमान अध्यक्ष एवम् ग्रीनविच बरो उपमेयर जीत रानाभाटलगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । यसअघि निवर्तमान समिति अध्यक्ष रानाभाटको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो । त्यस क्रममा महासचिव मञ्जु भण्डारीको वार्षिक तथा कोषाध्यक्ष रुद्र गौतमको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो ।

त्यस्तै, सल्लाहकार फडिन्द्र भट्टराई संयोजक रहेको विधान समितिले पेश गरेको विधान संशोधन प्रस्ताव सभाले पास गरेको थियो । संशोधित विधानमा कार्यसमितिको कार्यकाल दुई वर्ष रहने, संस्थाको साधारण सदस्य ग्रीनविच बरोका बासिन्दा मात्रै रहनेच र अरु मानार्थ सदस्य रहन सक्ने जस्ता व्यवस्था गरेको छ ।

कार्यक्रममा विशेष अतिथिहरु डेपुटी लिडर एभ्रिएल लिकाओ, पब्लिक हेल्थ विभागकी सहनिर्देशक जेन कोनर सहित स्थानीय नेपाली समुदायका अगुवा एवम् संघसंस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!