मानव सेवा आश्रम युकेलाई ५ लाख सहयोग गर्ने बेलायतका समाजसेवी सापकोटाको प्रतिबद्धता

SHARE:

लण्डन २६ सेप्टेम्बर २०२३ ।

बेलायतको मिडल्यान्ड निवासी समाजसेवी दयानिधि सापकोटाले मानव सेवा आश्रमलाई ५ लाख रुपैयां सहयोग दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मानव सेवा आश्रम यूकेले साझा नेपाली समाजको समन्वयमा सोमबार गरेको ’आमा’ सेमिनारमा गैरआवासीय नेपाली संघका युरोप उपसंयोजक सापकोटाले आफ्नी दिवंगत बहिनीको सम्झनामा पाँच लाख दिने घोषणा गरेका हुन् ।

नटिङघममा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथी सापकोटाले मानव सेवा आश्रमको कामबाट आफू अत्यन्त प्रभावित भएको बताउंदै आफ्नो सानो सहयोगले अरुलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

अक्टोबरमा हुने निर्वाचनमा एनआरएनए केन्द्रिय सचिव पदका सशक्त दावेदार ठानिएका सापकोटाले विगतमा पनि बेलायत र नेपालमा कयौं च्यारिटी गरेका छन् । सेमिनारबाट आश्रमलाई करिब १३ लाख रुपैयां सहयोग जुटेको छ ।

साझा नेपाली समाजका सचिव एवं युवा ब्यवसायी सुरेश केसीले पनि पाँच लाखको सहयोग प्रतिवद्धता गरेका छन् भने एक दर्जन जतिले मानव सेवा आश्रमको बेलायत खातामा मासिक १० पाउन्ड डाइरेक्ट डेविटको प्रतिवद्धता जनाएका छन् । मानव सेवा आश्रमले वि. सं. २०८२ सम्म सडक आश्रित जीवन मुक्त नेपाल बनाउने लक्ष्य राखेको छ ।

साझा नेपाली समाजका अध्यक्ष दिपक सापकोटाको अध्यक्षतामा भएको सेमिनारमा मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, महासचिव सुशिला केसी, सचिव एवं प्रवक्ता सुमन बर्तौला र बेलायत शाखाका संयोजक सुनिल बाबु खड्काको विशेष उपस्थिति थियो ।

मानव सेवा आश्रमका संस्थापक एवं प्रस्तोता रामजी अधिकारीको प्रस्तुतिले सहभागी निकै भावुक बनेका थिए । वि.सं २०६९ सालमा हेटौडामा सडकमै जीवन गुजारा गरिरहेका १८ जना बेवारिसे, अशक्त आमाबुवालाई एउटा अस्थायी आवासमा राखेर शुरु भएको अभियान अहिले देशभरि फैलिएको छ ।

अहिले १७ जिल्लामा आश्रम संचालनमा छन् भने आश्रम र आश्रम अन्तर्गतका केन्द्रहरुबाट ६ हजार भन्दा बढी अशक्त बाबाआमाको उद्धार गरिएको छ, जसमध्ये २४ सयको आफ्नै परिवारसंग पुर्नमिलन भएको छ। आश्रमका विभिन्न शाखाहरुमा हाल झन्डै १,६०० व्यक्तिको रेखदेख तथा स्याहार सुसार भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!