Kumar SK Gurung
लन्डन ३० सेप्टेम्बर २०२३ । तमुधिं यूकेको आजीवन सदस्य परोपकारी रात्रिभोज आगामी अक्टुबर २१ मा हुने भएको छ ।
अक्टुबर २१ शनिबार २०२३ का अपराह्न अल्डरसटमा रहेको एम्पायर बैंक्वेटिङ हलमा रात्रिभोज आयोजना गरिने तमुधिं यूकेका उपाध्यक्ष परशु गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रममा तमुधिं यूकेलाई अथाह सहयोग र अतुलनीय योगदान दिने उत्कृष्ट तमु/तमुस्योलाई आदर्श तमु/तमुस्योले विभूषित गर्ने साथै नवआजीवन सदस्यहरुलाई स्वागत तथा सम्मानलगायत कार्यक्रम हुनेछन् ।
तमुधिं यूकेको वर्षभरिका ४ वटा मुख्य कार्यक्रममध्ये यो कार्यक्रम अझ बढी महत्वको रहेको भन्दै उपाध्यक्ष गुरुङले कार्यक्रममा उपस्थित भई सफल पारिदिन अनुरोधसमेत गरेका छन् ।
तमुधिं यूकेले हरेक वर्ष आजीवन सदस्य परोपकारी रात्रिभोज आयोजना गर्दै आएको छ ।







