तमुधिं यूकेले जुटायो थप ६ विद्यार्थीका लागि छात्रवृत्ति

SHARE:


Kumar SK Gurung

लन्डन १ अक्टोबर २०२३ । तमुधिं यूकेको पहलमा नेपालस्थित थप आधा दर्जन जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको अवसर मिल्ने भएको छ । तमु सांस्कृतिक प्रतिष्ठानको सहयोगार्थ गत शनिबार आयोजित च्यारिटी डिनरमा ६ विद्यार्थीको छात्रवृत्ति अक्षय कोष स्थापनाको लागि रकम संकलन भएको हो ।

तमुधिं यूकेले हालसम्म ७८ जना विद्यार्थीलाई छात्र उपलब्ध गराएको छ। सन् २००७ देखि नै वर्षेनी बेलायतमा च्यारिटी कार्यक्रम गरेर एक जना विद्यार्थीका लागि १ लाख २५ हजार रुपैया बराबरको अक्षय कोष स्थापना गरिँदै आएको छ । यस वर्ष तमुधिं यूके संस्थाकै तर्फबाट दुई, आमा समूहबाट एक, मेजर उदयबहादुर गुरुङबाट एक, लेख गुरुङ तथा दीपा गुरुङबाट एक र धन गुरुङ तथा सावित्री गुरुङबाट एक गरी जम्मा ६ जना विद्यार्थी अक्षय कोष बराबरको सहयोग प्राप्त भएको हो ।

संकलित जम्मा ७ लाख ५० हजार रुपैयाबराबरको चेक च्यारिटी कार्यक्रम संयोजक उपाध्यक्ष परशु गुरुङले अध्यक्ष हरि गुरुङलाई हस्तान्तरण गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले परोपकारी कामहरुको निरन्तरताको लागि संस्थालाई धन्यवाद दिए ।

कार्यक्रमको अध्यक्षता गरेका तमुधिं यूके अध्यक्ष हरि गुरुङले एक जना विद्यार्थीलाई पनि शिक्षाको अवसर सिर्जना गर्न सके ठूलो उपलब्धि हुने धारणा राखे।

सोहि अवसरमा चौधौं नेपाली मेला सफलतपूर्वक संयोजन उपाध्यक्ष परशु गुरुङका साथै नेपालबाट बेलायत भ्रमणमा आएका संस्थाका आजीवन सदस्य एवम् होटल काजी गुरुङ र श्रीमती मञ्जु गुरुङ, लोकगायक तिलक गुरुङलगायतलाई फेटा र खादाले सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष, प्रथम महिला, प्रमुख अतिथि र संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले पानसमा दियो बालेर कार्यक्रम शुभारम्भ गरेका थिए। त्यस अवसरमा पूर्व अध्यक्ष रामचन्द्र गुरुङ र नन्दजंग गुरुङ, ट्रष्टी एकेन्द्र गुरुङ र जित गुरुङसहित सल्लाहकार र अन्य सदस्यहरुको उपस्थिति थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!