नेपथ्यले लन्डनको ओ टु एकेडेमी घन्काउने

SHARE:

एटा संवाददाता
लन्डन । नेपालको लोकप्रिय सांगीतिक समूह ‘नेपथ्य ब्याण्ड’ले लन्डनको ब्रक्स्टनस्थित ओ टु एकेडेमी घन्काउने भएको छ ।

लन्डनमा सक्रिय डेब्रो इभेन्टस्को आयोजनामा आउँदो १ सेप्टेम्बर साँझ नेपथ्यले सांगीतिक प्रस्तुति दिन लागेको हो । नेपालको लोक संगीतमा छुट्टै पहिचान बनाउन सफल नेपथ्यले आउने सेप्टेम्बर महिनामा २५औं वार्षिकोत्सव पनि मनाउँदै छ । जसले निरन्तर रुपमा लोकप्रियता र सामाजिक मान्यता प्राप्त गर्दै आएको छ । २५ वर्षको यात्रामा छुट्टै आयाम ल्याउन सफल भएको नेपथ्यले दाबी गरेको छ ।

नेपथ्य सन् १९९० मा दीपक राणा (पाइलट), भीम पुन (हडकड) र अमृत गुरुङको सक्रियतामा स्थापना भएको हो । हाल नेपथ्यमा अमृत गुरुङ एक अभिभावक, अगुवा र गायकको रुपमा रहेका छन् । सो साँझ उनैले ओ टु एकेडेमीलाई नेपाली संगीतमय बनाउने छन् । उनले नेपालका ७० भन्दा बढी जिल्लामा आप्mनो प्रस्तुति दिइसकेका छन् । सो साँझ उनले उनका आप्mना विभिन्न गीतहरु गाउने छन् ।

कार्यक्रमलाई मिस नेपाल अर्थ २०१० साहना बज्रचार्यले उद्घोषण गर्ने आयोजकले जनाएको छ । साथै कार्यक्रम हेर्न चाहने दर्शकहरुको सुविधालाई ध्यानमा राखि अल्डरसट, फार्नबोरो, स्वीन्डन, बेजिङ्गस्टोक, केन्ट र लन्डनका विभिन्न नेपाली पसलहरुमा टिकट राखिएको र ईच्छुक व्यक्तिहरुले सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!