काभा भलिबलमा बङ्गलादेशलाई हराउँदै नेपाल विजयी

SHARE:

काठमाडौं ९ अक्टुबर २०२३ ।

नेपालले काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ मा विजयी शुरुवात गरेको छ ।

श्रीलङ्कामा आज सोमवार बेलुकी भएको उद्घाटन खेलमा नेपालले बङ्गलादेशलाई ३–१ को सेटले हरायो । नेपालले पहिलो सेट २५–२० जित्यो । यस्तै दोस्रो सेट नेपालले २५–१९ ले गुमायो । त्यसपछि तेस्रो र चौथो सेट क्रमशः २५–२३ र २५–२१ ले जित्यो ।

अब नेपालले असोज २३ गते श्रीलङ्कासँग, असोज २४ गते अफगानिस्तानसँग, असोज २६ गते साउदी अरेबियासँग र अन्तिम खेलमा असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कप असोज २८ गतेसम्म चल्नेछ । राउन्ड रोबिन लिगपछि अङ्क तालिकाका शीर्ष दुई टोलीले फाइनल तथा त्यसपछिका दुई वटा टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!