लन्डन (अल्डरसट) ८ अक्टोबर २०२३ । एक्स क्यूओजीएलआर ड्राइभिङ इन्स्ट्रक्टर्स इक्जामिनर्सको रमाइलो भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
अल्डरसटमा रहेको द प्यालेसमा आइतबार एडीएस ड्राइभिङ स्कुलका फाउन्डर प्रकाश राहुत, एनडीआईएका अध्यक्ष क्याप्टेन रिटायर्ड ताम ढेगा, निवर्तमान अध्यक्ष होम रानालगायत बाक्लो उपस्थितिमा उक्त भेटघाट कार्यक्रम भएको हो । वक्ताहरुले भेटघट कार्यक्रम प्रत्येक वर्ष गर्नुपर्ने, यदि आवश्यक परेमा ड्राइभिङ स्कुलको नाम परिवर्तन गर्न सकिने धारणा समेत राखेका थिए ।
एडीआई रामचन्द्र गुरुङले आयोजना गरेको कार्यक्रममा इक्जामिनर्सहरु वसन्त गुरुङ, दिपेन्द्र याक्सो र मेख थापाको पनि उपस्थिति रहेको थियो ।
सबैका परिवार महिला, दिदीबहिनीहरुको पनि उपस्थिति थियो । उपस्थित सबै जना दाजुभाइ, दिदीबहिनीले एकापसमा रमाइलो भेटघाट, भलाकुसारी गरेर आफ्ना विगतमा पल्टनमा रहेका दिनहरुको स्मरण गरेका थिए ।
दिउँसो ३ बजे सुरु भएको भेटघाट कार्यक्रम रातको ११ बजेतिर समापन भएको थियो ।







