गल्कोट समाज यूकेको अध्यक्षमा चन्द्र साहनी निर्वाचित

SHARE:

लण्डन १० अक्टुबर २०२३ ।

Kumar SK Gurung

गल्कोट समाज यूकेको अध्यक्षमा चन्द्र साहनी निर्वाचित भएका छन् ।

सोमबार रोयल क्यासलमा भएको चौँथो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । दुईवर्षे कार्यसमितिको उपाध्यक्षमा गोविन्दराम कँडेल, लाल थापा, रणनाथ गैरे, महासचविमा कृष्ण खरेल, कोषाध्यक्ष राजु सापकोटा, सचिव राजु बोहोरा सचिव र सहकोषाध्यक्ष सुरेश परियार चयन भए ।

सदस्यमा श्याम खत्री, दिनेश कँडेल, खिमलाल गौतम, तेजबहादुर भण्डारी, कृष्ण खत्री, खगेन्द्र साहनी, बमबहादुर नेपाली ,कृष्ण साहनी, सीता खरेल, अजय सुवेदी, रत्ना केसी, गोमनाथ सुवेदी र शेरबहादुर रोका चयन भए । निवर्तमान अध्यक्ष भोजराज कँडेल पदेन सदस्य रहनेछन् ।

निर्वाचन संयोजक संस्थाका पूर्व अध्यक्ष राजु कँडेलले नवनिर्वाचित समितिको घोषणा गरेका थिए । निर्वाचन समिति सदस्यमा संस्थाका संस्थापक अध्यक्ष रेशम बुढाथोकी र शान्ति नेपाली समाजका पूर्व अध्यक्ष लीला थापा पनि थिए ।

अध्यक्ष भोजराज कँडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा लेखा समितिका संयोजक प्रेम गैरेले २ वर्षे कार्यकालको लेखा प्रतिवेदन पेस गरेका थिए भने महासचिव विष्णु चालिसेले प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

यो संस्थाको स्थापना सन् २०१६ मा भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!