माओवादी केन्द्रका महासचिव गुरुङ बेलायतमा

SHARE:

लण्डन ११ अक्टुबर २०२३ ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ र पूर्वसांसद यशोदा सुवेदी बेलायत आइपुगेका छन् ।

जनप्रगतिशील मञ्च बेलायतको निमन्त्रणामा गुरुङ दम्पती मंगलबार लन्डन आइपुगेका हुन् । उनीहरुको स्वागतका लागि मञ्चका अध्यक्ष मानबहादुर गुरुङ, महासचिव विमला लिम्बु, साउथ इस्ट शाखाका अध्यक्ष हरि पौडेल, सल्लाहकार मेरि योगेश कोयी राई, गेसो सभापति कृष्णकुमार राई र शुभचिन्तक हिथ्रो विमानस्थल पुगेका थिए ।

बेलायतमा रहँदा उनीहरुले विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् । बिहीबार नेपाली राजदूतावास लन्डन जाने र साउथ इस्ट नेता कार्यकर्ता भेटघाट तथा शनिबार एम्पायर हलमा बृहत् भेलामा सहभागी हुनेछन् ।

पूर्वकानुनमन्त्री गुरुङ र माओवादी केन्द्र स्थायी समिति सदस्य सुवेदीको आतिथ्यतामा नेपाल आदिवासी जनजाति महासंघ यूकेले आइतबार १४ अक्टोबरमा अल्डरसटमा अन्तरक्रिया कार्यक्रम राखेको जनाएको छ । नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाका अनुसार नेपाली नागरिकता निरन्तरता तथा प्रदेश १ को पुनस्नामांकन विषयमा अन्तरक्रिया हुनेछ ।

उक्त कार्यक्रमका लागि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति यूके लगायत जनजातीय संस्थाले संयोजन गर्नेछन् । महासचिव गुरुङ गत भदौ तेस्रो साता नै बेलायत आउने भनिए पनि त्यस बेला विविध कारणले भ्रमण स्थगित भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!