नेपाल पत्रकार महासंघ बेलायतको पाँचौं कार्यसमितिको बैठक सम्पन्न

SHARE:

लण्डन ११ अक्टुबर २०२३ ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा भर्चुअल माध्यमबाट अक्टुबर ८ तारिखमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव नरेन्द्र बस्नेतले गरेका थिए ।

बैठकमा कार्यसमितिका अध्यक्ष ध्रुवराज अर्याल, वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, महासचिव नरेन्द्र बस्नेत, सचिवहरु मञ्जु भण्डारी रखेमराज रानाभाट, कोषाध्यक्ष एसके गुरुङ, तथा कार्यसमिति सदस्यहरु बमथापा सुर्यवंशी,बाचस्पति रेग्मी र जयराम तामांगको उपस्थिति थियो ।

उपाध्यक्ष प्रमिला लाबुंग राई र सदस्य गोमा राना आफ्नो कार्यव्यस्तताकाकारण उपस्थित हुन् नसक्ने जानकारी गराएका थिए ।

यस्ता छन् बैठकले गरेका निर्णय

१) गत जुलाई ९ तारिखमा सम्पन्न १२ औं वार्षिकोत्सव एवम च्यारिटी नाइटको कार्यक्रमको संक्षिप्त रुपमा समिक्षा गर्नुका साथैकेहि व्यक्तिहरुले कबुल गरेको तर भुक्तानी गर्न बाँकी रकमभुक्तानीको लागि यथाशिघ्र अनुरोध गर्ने ।

२) शाखाको नयाँ सदस्यता खोल्ने प्रक्रियालाई अघि बढाउनमहासचिव नरेन्द्र बस्नेत र सचिव खेमराज रानाभाटलाई यसअघि नैतोकिएको हुँदा प्रक्रिया अघि बढाउने गृहकार्य गर्न सुझाव ।

३) शाखाक सदस्यहरुले लिएको अन्तर्राष्ट्रिय प्रेसपास (IFJ) कार्ड नवीकरण गर्न निवेदन आव्हान गरि प्रक्रिया अघि बढाउनमहासचिव नरेन्द्र बस्नेतलाई जिम्मेवारी दिइएको छ ।

४) पत्रकार महासंघ केन्द्रले रौतहट शाखाका सदस्य फणिदेवमहतको टाउकोको ट्युमरको उपचार खर्चको लागि सहयोग आव्हानगरेको हुँदा शाखाको तर्फबाट पनि सन् २०२१ मा बेलायत शाखालेसंकलन गरेर केन्द्रमा पाठाएको रकममध्येबाट रु ५०,००० ९पचासहजार रुपैयाँ० सहयोग प्रदान गर्ने निर्णय गरियो ।

५) दशैं तिहारलगत्तै एउटा प्रत्यक्ष बैठकको आयोजना गरि विविधविषयमा आवश्यक छलफल गर्ने ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!