बेलायती विदेशमन्त्री जेम्स क्लेवरली इजरायलमा

SHARE:

लण्डन ११ अक्टुबर २०२३ ।

बेलायती विदेशमन्त्री जेम्स क्लेवरली इजरायल पुगेका छन् ।

हमासले गरेको आक्रमणपछि इजरायली नागरिकप्रति एकजुटता प्रकट गर्न उनी इजरायल गएको बेलायती सञ्चार माध्यमले जनाएका छन् ।

उनले आक्रमणबाट इजरायली नागरिक र नेताहरूसँग भेट्ने बताएका छन् । शनिबार इजरायलमा हमासले आक्रमण गरेको थियो, इजरायली सेनाले त्यसको जवाफी कारबाही सुरु गरेपछि अहिले त्यहाँ युद्धको स्थिति छ ।

इजरायली सेनाका अनुसार अहिलेसम्म इजरायलमा १ हजार २०० जनाको मृत्यु भएको छ र २ हजार ७०० घाइते भएका छन् । यस्तै इजरायलले गाजा क्षेत्रमा गरेको कारबाहीमा १ हजार ५५ जनाको मृत्यु भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!