लण्डनको ल्यूटन विमानस्थल परिसरमा आगलागीका कारण उडान स्थगित

SHARE:

लण्डन ११ अक्टुबर २०२३ ।

लण्डनको ल्यूटन विमानस्थलको कार पार्किङ स्थलमा बुधबार आगलागी भएको छ ।

विमानस्थलको टर्मिनल २ मा रहेको कार पार्किङको तेस्रो तल्लाबाट आगोको ज्वाला बाहिर निस्केको घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरले बताएका छन् ।

विमानस्थलको नवनिर्मित कार पार्कमा स्थानीय समयअनुसार राति ८ः४७ बजे आगलागी भएको थियो । लण्डनको ल्यूटन विमानस्थलले बुधबार दिउँसोसम्मका लागि सबै उडान स्थगन गरेको छ भने यात्रुलाई त्यहाँ यात्रा नगर्न आग्रह गरेको छ ।

“हाम्रो प्राथमिकता आपतकालीन सेवाहरू र हाम्रा यात्रुहरू र कर्मचारीहरूको सुरक्षालाई समर्थन गर्दछ । त्यसैले हामीले ११ अक्टोबर बुधबार अपराह्न ३ बजेसम्मका लागि सबै उडान स्थगन गर्ने निर्णय गरेका छौं,” विमानस्थलले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“यात्रुहरूलाई यो समयमा विमानस्थलमा प्रवेश नगर्न सल्लाह दिइएको छ, किनकि उद्धारका क्रममा विमानस्थल पुग्ने पहुँचमा अवरोध आएको छ,” विज्ञप्तिमा भनिएको छ । स्थानीय एम्बुलेन्स सेवाका अनुसार चार अग्निनियन्त्रक र विमानस्थलका एक कर्मचारीसहित पाँच जनालाई अस्पतालमा भर्ना गरिएको छ । घाइते भएका अर्का एक जनाको घटनास्थलमै उपचार गरिएको छ ।

रोमानियाकी मारिलेना लिगिया स्टेनले भन्नुभयो, “यो भयानक थियो । आगलागी भएका समय भएको स्थानमा मकै पड्किएजस्तै आवाज सुनिएको थियो ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!