नेकपा बन्दको सामान्य प्रभाव, देशभरबाट २६ पक्राउ

SHARE:

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ । देशैभरी सानातिना घटनाबाहेक ठूला घटना भएका छैनन् । ठाउँठाउँमा शंकास्पद वस्तु भेटिएको र ती शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेका छन् ।

पूर्वपश्चिम राजमार्गका केही स्थानमा शंकास्पद वस्तु फालिएका छन् । यसैगरी कपिलवस्तुमा सेनाले स्कर्टिङ गरेर गन्तव्यतर्फ लगिरहेको गाडीमा नै पेट्रोल बम प्रहार गरिएको छ भने बुटवलमा बसमा एसिड प्रहार गरिएको छ ।

मुख्य राजमार्गहरुमा पनि सवारी साधन चलेको प्रहरीले बताएको छ ।

२६ बन्दकर्ता पक्राउ

बन्दमा संग्लन भएको आरोपमा प्रहरीले देशैभरीबाट २६ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बन्दकर्ताले १७ जिल्लामा नक्कली र सक्कली बम राखेर आंतक सिर्जना गरेका थिए ।

जसमा ८ जिल्लाका सार्वजनिक स्थानमा नक्कली बम राखिएको थियो भने ९ जिल्लामा राखिएका सक्कली बम प्रहरीले डिस्पोज गरेको थियो ।

प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार काठमाडौंमा ४ वटा नक्कली र एक सक्कली बम सार्वजनिक स्थानमा फेला परेको थियो । त्यस्तै भक्तपुरमा २ सक्कली बम र ललितपुरमा ६ नक्कली र १ सक्कली बम निस्क्रिय पारिएको थियो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपानेका अनुसार उपत्यकामा बम बोकेर हिँड्ने दुईसहित सात जना पक्राउ परेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!