बाढीपहिरो पीडितलाई राहत र पुनर्वासको माग

SHARE:

हेटौंडा । प्रदेश नं ३ प्रदेशसभाको मंगलबारको बैठकले प्रदेश नं ३ का मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा शर्तसम्बन्धी विधेयक २०७५ सर्वसम्मतिबाट पारित गरेको छ ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश मामिला समितिको प्रतिवेदनलाई पारित गरियोस् भनी प्रस्ताव टेबुल गरेका थिए ।

प्रदेशसभाको पहिलो बैठकमा मंगलबार विशेष समयमा प्रदेशसभा सदस्यले प्रदेशका जिल्लामा केही हप्ताअघि परेको बाढीपहिरोबाट मानवीय क्षति पुगेका परिवार र घाइतेको स्वास्थ्योपचारका लागि तत्काल अनुदान र उद्धार सामग्री वितरण गर्न तथा घरबारविहीन नागरिकलाई पुनर्वासका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत व्यवस्था मिलाउन माग गरे ।

सदस्यहरुले समाजमा बढ्दै गएको अराजक क्रियाकलाप नियन्त्रण गर्न तथा हत्यारालाई हदैसम्मको सजायँ हुने गरी नयाँ ऐन कानुन ल्याउन सुझाव दिए । उनीहरुले गर्भवतीको गर्भ जाँच गर्दा छोरी भएको पत्ता लागेपछि भ्रूण हत्या गर्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै अनुचित कार्य गर्नेलाई नियन्त्रण गर्न समायानुकूल कानुन निर्माण गर्न आग्रह गरेका थिए ।

विशेष समयमा प्रदेशसभा सदस्य सरेश नेपाल, प्रभात तामाङ, रमेश पौडेल, आशमाया तामाङ, सुरेन्द्रराज गोसार्इँ, जुनेली श्रेष्ठ, रीता गुरुङ, शान्ति थिङ, निमा लामा, ज्ञानेन्द्र शाक्य, सुशीला बर्मा, प्रतिमा श्रेष्ठ, कल्पना नेपाली, रत्न ढकाल र रीता माझीले बोलेका थिए ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को वैठक यही साउन ३१ गते अपराह्न ४ बजे बस्ने जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!