गाजाबाटै प्रहार गरिएको मिसाइल अस्पतालमा विस्फोट भएको बेलायती प्रधानमन्त्रीको दाबी

SHARE:

लण्डन २३ अक्टुबर २०२३ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले गाजाको अल-अहली अस्पतालमा गाजाभित्रैबाट लञ्ज गरिएको मिसाइल विस्फोट भएको दाबी गरेका छन् ।

ब्रिटिश इन्टेलिजेन्स रिपर्टको हवाला दिँदै सुनकले अस्पताल विस्फोटमा गाजाभित्रैबाट प्रहार गरिएको मिसाइल कारण रहेको उल्लेख गरेका हुन् । सोमवार संसद्लाई सम्बोधन गर्दै भनेका छन्, विस्फोट अल-अहली अस्पतालमा भएकोे सम्भवतः मिसाइल वा त्यसको कुनै हिस्साका कारण भएको थियो, जुन गाजाबाट इजरायलतर्फ लञ्च गरिएको थियो ।

अस्पतालमा भएको विस्फोटलाई लिएर इजरायल र हमास एक-अर्कामा आरोपप्रत्यारोप गरिरहेका बेला बेलायती प्रधानमन्त्रीको यस्तो धारणा बाहिर आएको हो । विस्फोटमा परी ४७१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!