एनआरएनए यूकेद्वारा वेल्समा दसैं विशेष कार्यक्रम

SHARE:


लन्डन २६ अक्टोबर २०२३ । एनआरएनए यूकेले वेल्स राज्य समन्वय परिषद्‌को सहकार्यमा कार्डिफमा दसैं विशेष कार्यक्रम गरेको छ । गत आइतबार पञ्चेबाजासहित सांस्कृतिक माहोलमा आयोजित कार्यक्रममा सयौं सहभागी थिए । प्रवेशद्वारमा अतिथिहरुलाई पन्चेबाजा बजाउँदै स्वागत गरिएको थियो ।

एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदका अध्यक्ष मोतिप्रसाद पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र स्थानीय समाजसेवी झलक गर्बुजाले संयुक्तरुपमा उद्घाटन गरेका थिए । मन्तव्यका क्रममा प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष गाहामगरले दसैं शुभकामना दिँदै कार्यक्रममा उत्साहजनक उपस्थितिका लागि सबैप्रति विशेष आभार व्यक्त गरे । उनले नेपाली चाडपर्व र कला संस्कृतिको जगेर्नामा आफ्नो संस्था सधैं क्रियाशील रहने पनि बताए । एनआरएनए यूकेलेवेल्समा आफ्नो बेग्लै साम्राज्य खडा गरेको र यो झन् मजवुत बन्दै गएको उनको भनाइ थियो ।

कार्यक्रममा वेल्स राज्य समन्वय परिषद्‌का अध्यक्ष मोतिप्रसाद पुन, एनआरएनए यूके उपाध्यक्ष अमृत घले, एनआरएनए यूके आइसीसी सदस्य ओमप्रसाद थापा, संरक्षक डेविड गुरुङ, एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन, समाजसेवी झलक गर्बुजालगायतले पनि शुभकामना दिएका थिए ।

धौलागिरि नौमती बाजा घन्किएको कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु देवी घर्ती र ईश्वरसिंहले आफ्नो प्रस्तुतिमार्फत धमाका मच्चाएका थिए । उनीहरुको गायनमा सहभागी मज्जाले नाचे । प्रवक्ता लक्ष्मी तामाङले संचालन गरेको कार्यक्रममा स्थानीय वेल्सवासी र इङल्यान्डका नेपालीको समेत उल्लेख्य सहभागिता थियो ।

कार्यक्रमका लागि एनआरएनए यूके केन्द्रीय पदाधिकारी पनि वेल्स पुगेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!