टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित

SHARE:

काठमाडौं ५ नोभेम्बर २०२३ ।

टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित बनेको छ ।

सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो ।

ओमानले पनि निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो । सुपरओभरमा ओमानले २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले जम्मा १० रन बनायो ।

यद्यपी नेपाल दश वर्षपछि टी-२० विश्वकपमा छनोट भने भइसकेको छ । आईसीसी टी-२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा शुक्रबार युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित बनाएको हो ।

अब नेपालले सन् २०२४ जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने टी-२० विश्वकप खेल्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!