बेलायती संसदमा ७० वर्षपछि राजाले गरे सम्बोधन

SHARE:

लण्डन ७ नोभेम्बर २०२३ ।

बेलायको संसदमा ७० वर्षपछि राजाले सम्बोधन गरेका छन् । बेलायतका राजा चार्ल्स तृतीयले मंगलबार संसदमा सम्बोधन गरेका हुन् ।

यसअघि राष्ट्राध्यक्षको रुपमा ७० वर्षसम्म महारानी एलिजाबेथ द्वीतीयले सम्बोधन गर्ने गरेकी थिइन् । आफ्ना बुवा जर्ज छैठौँको सन् १९५२ मा निधन भएपछि महारानी बनेकी एलिजाबेथ ७० वर्षसम्म बेलायतको राष्ट्राध्यक्ष रहिन् । गत साल सेप्टेम्बर ८ मा ९६ वर्षको उमेरमा एलिजाबेथको निधन भएपछि उनका छोरा अर्थात् राजा चार्ल्स तृतीयले पहिलोपटक संसदमा सम्बोधन गरेका हुन् ।

उनले आफ्नी आमा तथा महारानी एलिजाबेथलाई श्रद्धाञ्जली अर्पण गर्दै संसदमा सम्बोधन गरेका बीबीसीले जनाएको छ । चार्ल्सले आफ्नी आमाले प्रयोग गर्ने उद्धरण ‘देशको सेवा र भक्तिको विरासत’ भन्दै सम्बोधन शुरू गरे । उनले कोरोना महामारीपछि थलिएको देशको समग्र अवस्थालाई सुदृढ गर्दै अघि बढ्न आह्वान गरेका छन् ।

यस्तै उनले रसिया युक्रेन युद्धको उल्लेख गर्दै देशले कठिन तर दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् । उनले आर्थिक मन्दीलाई कम गर्न महत्त्वपूर्ण काम गर्नुपर्ने पनि बताएका छन् । राजा चार्ल्सले गरेको सम्बोधनको ुड्राफ्टु प्रधानमन्त्री ऋषि सुनकले लेखेका हुन् ।

यसअघि चार्ल्स तृतीयले २०२२ को मे १० मा महारानीका रूपमा संसदलाई सम्बोधन गरेका थिए । त्यतिबेला महारानी एलिजाबेथ स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसकेपछि उनका छोरा चार्ल्सले सम्बोधन गर्नुपरेको थियो । यो सम्बोधन भने उनले राजाकै रूपमा गरेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!