शनिबार जीआरएनसी युकेले ‘रिमेम्ब्रान्स डे’ मनाउने

SHARE:

लन्डन ९ नोभेम्बर २०२३ ।

ग्रेटर रसमूर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले पर्सि शनिबार ‘रिमेम्ब्रान्स डे’ मनाउने भएको छ ।

शनिबार ११ नोभेम्बर २०२३ मा बिहान १० : ३० बजेदेखि ‘रिमेम्ब्रान्स डे’ (पूर्खा दिवस) मनाउने तयारी भएको जीआरएनसी युकेका अध्यक्ष मान गुरुङले जानकारी दिए । कार्यक्रम प्रिन्सेस गार्डेन सर्जरीमा हुन्छ । त्यस दिन कार्यक्रमस्थलमा जम्मा भई मार्चपाससहित भीसीहरुको मूर्ति अगाडि लाम लाग्ने र पण्डित पवन दाहाल र लामागुरु खेन्पो कर्मा चुस्त्रिमले अष्ठमंगलम मन्त्र पढी आत्माशान्तिसहित रिथ (माल्यार्पण) चढाउने कार्यक्रम छ ।

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र विशेष अतिथिहरु रुसमूर बोरो काउन्सिलका मेयर क्लाइभ ग्राटन र काउन्सिल लिडर काउन्सिलर डेभिड क्लिफोर्ड सहभागी रहनेछन् । यस्तै नेपाली कम्युनिटीका लिडर, काउन्सिलर तथा पार्टी प्रतिनिधिहरु उपस्थित हुनेछन् ।

कार्यक्रमको संयोजकको जिम्मेवारीमा क्या रि ग्यारी घले छन् भने उपाध्यक्ष उत्तरबहादुर गुरुङ, मेजर रि खिम गौचन र कार्यवाहक महासचिव सुशीला थापामगरले तयारीमा सघाइरहेका अध्यक्ष गुरुङले बताए । जीआरएनसीले ‘रिमेम्ब्रान्स डे’ मनाउन थालेको यो वर्ष हो ।

लगत्तै आइतबार मुनि सिपाल गार्डेन, रोयल आर्मी चर्च, नोर्थ क्याम्पलगायत ठाउँमा कार्यक्रमहरु हुने भएकोले सहभागी हुन इच्छुक बेलायतवासी नेपालीहरुमा अध्यक्ष गुरुङले आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!