किरात याक्थुङ चुम्लुङ ग्रेटर रसमोरले भव्य रुपमा मनायो बलिहाङ तङनाम

SHARE:

लन्डन ९ नोभेम्बर २०२३ ।

किरात याक्थुङ चुम्लुङ ग्रेटर रसमोर शाखाले लिम्बुहरुको महान् पर्व बलिहाङ तङनाम (तिहार) भव्य रुपमा मनाएको छ ।

शनिबार ४ नोभेम्बर २०२३ का दिन अल्डरसटस्थित एम्पायर हलमा विभिन्न कार्यक्रम गरी बलिहाङ तङनाम मनाइएको हो । अध्यक्ष भगिश्वर फागो चोङबाङको अध्यक्षतामा आयोजित कार्यक्रम चुम्लुङ युके केन्द्रका महासचिव जुरेन्द्र खजुम र अध्यक्ष चोङबाङले सामूहिकरुपमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा लिम्बुहरुको लोकप्रिय नाच (केलाङ) वरिष्ठ कलाकारहरु अमृत तुम्बाहाम्फे र नगेन्द्रराज नेम्वाङको साथमा मेजर रिटायर्ड दिवान सिंह लिम्बु, सुर्य खापुङ, पुर्ण सावादेन, डम्बर सावा लिम्बुले प्रस्तुत गर्दै कार्यक्रम औपचारिक रुपमा सुरु गरिएको थियो । उपाध्यक्ष मोती मेन्याङ्बोको नेतृत्वमा नामलिङगेक लारिङगेक (देउसी भैली) कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण सदस्यहरुले संस्थालाई दक्षिणा चढाएका थिए । कार्यक्रममा प्रमुख अतिथि जुरेन्द्र खजुमले मन्तव्यको क्रममा चुम्लुङ युके केन्द्रको भइरहेका गतिविधि र भावी योजनाहरु प्रस्ट्याएका थिए । डिसेम्बर १६ तारिखमा आयोजना हुन लागिरहेको चासोक तङनाम कार्यक्रम भव्यरुपमा सफल बनाउन उपस्थित सबैले आग्रह गरे ।

चुम्लुङदेनमा जग्गा सम्याउने काम भइरहेको र सम्भवत: २०२४ यलम्बरहाङ कप फुटबल चुम्लुङदेनमा खेलाउने उनले जानकारी दिए । चुम्लुङ केन्द्रका कोषाध्यक्ष दिपेन्द्र याक्सोले शुभकामना मन्तव्यको क्रममा केन्द्रको अर्को वर्ष च्यारिटी कार्यक्रम बेलायतमा रहेका सबैथरिका लिम्बुहरुको एउटा टेबल तोकिदिने, त्यो समाजको अध्यक्षले आफ्नो थरको थातथलो, वंशज इतिहासलाई सम्बोधन गर्न लगाउने प्रस्ताव राखेका थिए ।

सो प्रस्तावमा उपस्थित सबै सदस्यहरुको सकारात्मक धारणा राखेको जनाइउको छ। चुम्लुङ रसमुरमा बसोबास गर्ने लिम्बुहरुको बाक्लो उपस्थिति रहेको बलिहाङ तङनाम कार्यक्रममा चुम्लुङ युके संस्थापक अध्यक्ष खड्गजंग आङ्बोहाङ, होमा लिम्बु, सल्लाहकारहरु मेजर रिटायर्ड दिवान सिं लिम्बु, सूर्य खापुङ, जितप्रकाश मेन्याङ्बो, लिला सेलिङ माबो, एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्वाङको उपस्थिति रहेको थियो ।

सचिव कृष्ण योङहाङले कार्यक्रम सञ्चालन गरेका थिए । मनोरञ्जनात्मक कार्यक्रमहरु पूर्ण सावादेन र डम्बर सावा लिम्बुले विभिन्न लिम्बु भाषाका गीतहरु हाक्पारे, ख्याली गाएका थिए भने सचिव कृष्ण योङहाङले राफल ड्र खेलाएका थिए । अध्यक्ष चोङबाङले लिम्बु भाषा, लिपी, संस्कृतिलाई संरक्षण गर्न भावी सन्ततीलाई हस्तान्तरण गर्नेबारेमा जोड दिँदै कार्यक्रममा उपस्थित सबै सदस्यहरुलाई कार्यक्रम सफल पार्न प्रत्यक्ष-अप्रत्यक्षरुपमा सहयोग गरेकोमा धन्यवाद प्रकट गरी कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!