जिआरएनसी युकेले मनायो रिमम्बरेन्स डे

SHARE:

लिला सेलुङ माबो

१३ नोभेम्बर २०२३ – बेलायत। ग्रेटर रसमूर नेपाली कम्युनिटी (जिआरएनसी) युकेले शनिबार रिमम्बरेन्स डे अर्थात् पुर्खा दिवस मनाएको छ ।

प्रिन्सेस गार्डेन सर्जरीमा बिहान साढे १० बजेपछि कार्यक्रम सुरु भएको जिआरएनसी युकेका अध्यक्ष मान गुरुङले जानकारी दिए । भिक्टोरिया क्रस (भिसी) विजेता कुलवीर थापामगरको सालिक अगाडि मार्चपास गर्दै पुष्पगुच्छा (रिथ) माल्यार्पण गरी रेमेम्बरेन्स डे मनाएको हो ।

मार्चपाससहित भीसीहरुको मूर्ति अगाडि लाम लागेर पण्डित शिवचन्द्र निरौला एमबीई र लामागुरु खेन्पो कर्मा चुस्त्रिमले अष्ठमंगलम मन्त्र पढी आत्माशान्तिसहित रिथ (माल्यार्पण) गरे । प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र विशेष अतिथिहरु रुसमूर बोरो काउन्सिलका मेयर क्लाइभ ग्राटन र काउन्सिल लिडर काउन्सिलर डेभिड क्लिफोर्ड सहभागी थिए ।

यस्तै, नेपाली कम्युनिटीका लिडर, काउन्सिलर तथा पार्टी प्रतिनिधिहरु पनि उपस्थित थिए । क्या.रि. ग्यारी घलेले कार्यक्रम संयोजन गरेका थिए । जसमा उपाध्यक्ष उत्तरबहादुर गुरुङ, मेजर रि. खिम गौचन र कार्यवाहक महासचिव सुशीला थापामगरले तयारीमा सघाएका थिए ।

त्यसै गरि कार्यक्रम को सह संयोजक मेजर रि खिम गौचन दोस्रो विश्व युद्दको चिहान घरमा बचन गरेको कविता सुनाए । क्यु आर यल जी यस को पण्डित निरौला ज्यु ले हिन्दु धर्म अनुसारको र लामागुरु खेन्पो कर्मा चुस्त्रिमले अष्ठमंगलम मन्त्र पढी आत्माशान्ति र मानब र प्राणी जगत को सुख सान्ति को कामना गरे ।

कार्यक्रम संयोजक क्या.रि. ग्यारी घले ले गरेको थियो भने उपाध्यक्ष उत्तरबहादुर गुरुङ, मेजर रि.खिम गौचन ले सह संयोजक गरेका थिए। र कार्यवाहक महासचिव सुशीला थापामगर, कार्यबाहक कोसध्यक्ष्य जित मेनाअङ्गबो , मेडिया सहसंयोजक इजरा श्रेस्ठ, उपध्यक्ष्य लिला सेइलिङ्ग माबो, सल्लाहकार ओम थापा, तोप पल्ली, धन माया गुरुङ, क्या ताम धेगा, बिष्णु श्रेष्ठ, जीव बेलबासे र राम चन्द्र गुरुङ आदि र बि यफ बि यस रेडियोको प्रस्थोता श्रीमती आशा पुन, लण्डन नेपाल नियुज़, सघाइरहेको अध्यक्ष गुरुङले बताए ।

त्यसै गरि काउनसिलर्स, प्रथम भी सी कुलबीर थापा को म्रुतिकार यमी गुडम्यान, नेपाली समाज को अध्यक्ष्य अथवा प्रतिनिधि हरु, स्थानीयहरु , ब्यापारी हरु , सामाजिक अभियन्ताहरु, स्थानीय सूचनाका प्रतिनिधि हरु र गोर्खा आमा समूह अल्दर्शत एम्पायर हल को बाक्लो उपस्थिति थियो ।

सबैको राय सल्लाह र प्रतिक्रियाहरु लिने र विचार बिमर्स गरि अर्को वर्ष कार्यक्रम तर्जुमा गर्ने जानकारी अध्यक्ष्य गुरुङ ले दिए र प्रत्यक्ष्य अप्रतेक्ष्य सहयोग पुराउनु हुने सम्पूर्णलाइ अध्यक्ष्य गुरुङले धन्यवाद दिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!