भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको तेस्रो बैठक बिनानिष्कर्ष सकियो

SHARE:


लन्डन २३ नोभेम्बर २०२३ । भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको तेस्रो बैठक बुधबार बेलायतको रक्षा मन्त्रालयमा सम्पन्न भएको छ ।

बैठकको नेतृत्व बेलायत सरकारका तर्फबाट रक्षा राज्यमन्त्री एन्ड्रिउ मुरिसन तथा नेपाल सरकारका तर्फबाट संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य एवं भूपू गोर्खाहरुका तर्फबाट मेजर (अ.प्रा.) जुदबहादुर गुरुङले गरेका थिए । बैठकमा यसअघि भएका द्विपक्षीय समितिका बैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन एवं कल्याणकारी सुविधाहरुका बारेमा भएको प्रगतिको समीक्षा भएको नेपाली दूतावास लन्डनले विज्ञप्तिमार्फत जनाएको छ ।

बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका धेरैजसो विषयहरुमा आफ्नो जवाफ प्रस्तुत गरिसकेपछि उक्त विषयमा नेपालको तर्फबाट राजदूत एवं गुरुङले तर्कहरुसहित प्रतिउत्तर दिएका थिए । नेपाल र संयुक्त अधिराज्यबीच रहीआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधारस्तम्भको रुपमा रहेका भूपू गोर्खाका मागहरुका विषयमा दीर्घकालीन समाधानका लागि राजदूत आचार्यले अनुरोध गरे ।

बैठकमा परराष्ट्र मन्त्रालयका यूरोप अमेरिका महाशाखा प्रमुख गणेशप्रसाद ढकालले नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको सन्देशसहित भूपू गोर्खाका मागहरु शीघ्र सम्बोधन गर्ने विषयमा जोड दिए । बैठकमा नसमेटिएका एवं थप अध्ययन गर्नुपर्ने विषयहरुमा पुनः अर्को बैठकमा छलफल गर्ने समझदारी भएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट धर्मबहादुर तामाङ, कृष्णबहादुर राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!