जाजरकोट भूकम्पपीडितका लागि बेलायतद्वारा ३ लाख ६० हजार बढी सहयोग

SHARE:

लण्डन २३ नोभेम्बर २०२३ ।

जाजरकोटका भूकम्पपीडितहरुका लागि बेलायतबाट ३ लाख ६० हजारभन्दा बढी सहयोग प्रदान गरिएको छ ।

बेजिङ्गस्टोक नेप्लीज कम्युनिटी (बीएनसी) लेडिज फन्डबाट एक लाख रुपैयाँ र बीएनसीका सल्लाहकार, डिग्नीफाईड मेन्स्ट्रुएसन यूके च्याप्टर संयोजक एवम् समाजसेवी सुधा गुरुङको सक्रियतामा संकलन गरिएको २ लाख ६० हजार १५० गरी कुल ३ लाख ६० हजार १५० सहयोग प्रदान गरिएको हो ।

राहत राधा पौडेल फाउन्डेशनमार्फत जाजरकोटका भूकम्पपीडितहरुसमक्ष पुर्‍याइएको जानकारी समाजसेवी गुरुङले दिएकी छन् । भूकम्प गएलगत्तै राधा पौडेल फाउन्डेशनका स्वयंसेवीहरु जाजरकोटमा राहत सामाग्रीहरु टेन्ट, कम्बल, ड्राई फूड, सुत्केरी र नाबालक शिशु सामग्री, महिनावारी भएका महिलाहरुका लागि अत्यावश्यक सामग्रीहरु लिएर पुगेका थिए ।

त्यसपश्चात् फिल्डमै रही २ महिनासम्म फाउन्डेशनका स्वयंसेवीले पीडितहरुलाई सहयोग गर्ने राधा पौडेल फाउन्डेशनका संस्थापक, मर्यादित महिनावारी अभियन्ता डा. राधा पौडेलले जनाएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!