बीसीसी यूकेको च्यारिटी डिनर नाईट शनिबार, सम्पूर्ण तयारी पूरा

SHARE:

लन्डन २४ नोभेम्बर २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको च्यारिटी डिनर नाईट कार्यक्रम शनिबार हुँदैछ ।

अल्डरसटस्थित एम्पायर हलमा शनिबार २५ नोभेम्बरका दिन आयोजना हुने कार्यक्रमको आवश्यक तयारी पूरा भएको बीसीसी यूके उपाध्यक्ष एवं कार्यक्रम संयोजक रोबिन गुरुङले जानकारी दिएका छन् । उनका अनुसार, प्रमुख अतिथिको रुपमा स्थानीय काउन्सिलर मेयर क्लीभ गटनलाई आमान्त्रण गरिएको छ ।

त्यस्तै, नेपाली दूतावास लन्डन, विभिन्न संघसंस्था, उद्यमी, व्यापारी, शुभचिन्तकलगायत भक्तजनहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ । साथसाथै, बीसीसी यूकेका धर्म गुरु खेन्पो कर्म छुल्त्रिम, लामा हर्कजंग घलेलगायत लामा गुरुहरुको समेत विशेष उपस्थिति रहने छ । हालसम्म तमु धीं यूके, मगर एशोसिएसन यूके, शेर्पा एशोसिएसन यूके, रेडिङ बुद्धिष्ट गुम्बा, चार भन्ज्याङ तमू समाज, बीसीसी यूके लन्डन शाखा, सहारा यूके, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), तामाङ सोसाईटी यूके, घम्पुस झर्गे खलक, नेपाली भिलेज, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, गिल्फोर्ड नेप्लिज कम्युनिटी, बुद्धिष्ट कम्युनिटी स्विन्डन, एनडोभर नेपाली कम्युनिटी, धम्पुस पोखरी चेलीबेटी, एनआरएनए यूके, मर्दिखोला समाज यूके, थाउजेन्ट बुद्ध रेडिङ, जीआरएनसी यूके, केजीथ्री, टीएनपीपी यूके, थ्रि सिस्टर्स, क्याम्बर्ली नेपाली समाज यूकेलगायत संघसंस्थाहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको संयोजक गुरुङले जानकारी गराए ।

त्यस्तै, व्यक्तिगतरुपमा बीसीसी यूकेका पदाधिकारी, आमाहरु, भक्तजन तथा शुभचिन्तकहरुमार्फत समेत विभिन्न व्यक्ति, संघसंस्था, उद्यमी तथा व्यापारीहरुलाई उपस्थितिका लागि अनुरोध गरिरहेको बीसीसी यूकेले जनाएको छ । बीसीसी यूकेको विभिन्न परियोजनाहरुको सहयोगार्थ आयोजना गर्न लागिएको उक्त च्यारिटी डिनर नाईट कार्यक्रममा राफल चिठ्ठा खेलाइने छ भने विभिन्न महत्वपूर्ण सामग्रीहरुको लिलाम बढाबढ तथा बिक्रीसमेत गराइने भएको छ । सो राफल चिठ्ठाको पुरस्कार र लिलाममा राखिने विभिन्न सामानहरु विभिन्न दाताहरुले स्पोन्सर गरिरहेको छ । यदी कुनै व्यक्ति, संघसंस्था, उद्यमी तथा व्यापारीहरुले सो पुरस्कार तथा लिलाम सामानहरुको स्पोन्सर गर्न चाहेमा बीसीसी यूकेमा गर्न सम्पर्क समेत अनुरोध गरेको छ ।

बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न हुन लागेको उक्त च्यारिटी डिनर नाईट कार्यक्रममा सहभागी भई पुण्य संचय गर्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा बीसीसी यूकेले अनुरोध गरेको छ ।

बीसीसी यूकेले प्रत्येक वर्ष च्यारिटी डिनर नाईट कार्यक्रम आयोजना गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!