भूपू गोर्खाको पेन्सनलगायत मुद्दा सम्बोधन गर्न बेलायती प्रधानमन्त्रीलाई बुझाए काउन्सिलरहरुले ज्ञापन

SHARE:


लन्डन २४ नभेम्बर २०२३ । बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भूतपूर्व गोर्खाहरुको समान पेन्सनलगायत मुद्दा सम्बोधन गर्न नेपालीमूलका काउन्सिलरहरुले माग गरेका छन् ।

सत्तारुढ कञ्जरभेटिभ पार्टीका काउन्सिलरहरु बिहीबार १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री कार्यालय पुगेर गोर्खाहरुले उठाउँदै आएको समान पेन्सनको माग पूरा गरिदिन आह्वान गरेका हुन् । काउन्सिलरहरुले प्रधानमन्त्रीका सल्लाहकार अमित जोगीलाई भेटेर उनीमार्फत प्रधानमन्त्री सुनकलाई एक ज्ञापनपत्र समेत बुझाएका रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेले बताए ।

काउन्सिलरहरुले प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निमन्त्रणासमेत गरेका छन् । नेपाल र बेलायतबीचको मैत्री सम्बन्ध दुई शताब्दीभन्दा लामो भइसक्दा पनि बेलायतका बहालवाला प्रधानमन्त्रीबाट नेपाल भ्रमण हुन नसकेको सन्दर्भ उल्लेख गर्दै पत्रमा प्रधानमन्त्रीलाई नेपाल भ्रमणमा जान आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझिसकेपछि प्रधानमन्त्री सुनकका सल्लाहकारले काउन्सिलरहरुले उठाएका दुवै विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सोहीअनुसार प्रधानमन्त्रीसम्म कुरा पुर्‍याइदिने आश्वासन दिएका थिए । काउन्सिलरहरु लक्ष्यबहादुर गुरुङ, जीव बेल्वासे, गोवर्धन सिलवाल तथा काउन्सिलर उम्मेदवारहरु सुमन पुन, पुनम गुरुङ र ज्ञान गुरुङ सहभागी थिए । काउन्सिलरहरुको टोली लन्डनस्थित नेपाली दूतावास समेत पुगेको थियो । दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यलाई भेटेर उनीहरुले उही ज्ञापन बुझाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!