पर्वतारोही निर्मल पुर्जालाई जर्मन सस्टेनेबिलिटी अवार्ड

SHARE:

लन्डन २६ नोभेम्बर २०२३ । पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लाई शुक्रबार जर्मन सस्टेनेबिलिटी अवार्ड प्रदान गरिएको छ ।

चितवनमा जन्मिएका पर्वतारोही पुर्जा हाल बेलायतमा बस्छन् । उनी आबद्ध संस्थाले गरेका कल्याणकारी कामको सम्मानमा जर्मनीमा रहेको उक्त संस्थाले आईएसपीओ कप प्रदान गरेको हो । जर्मन सस्टेनेबिलिटी अवार्डस् पर्यावरणीय र दिगोपनाप्रति समर्पित युरोपको सबैभन्दा ठूलो पुरस्कार मानिन्छ । आरोही पुर्जालाई आईएसपीओ कप उच्च पवर्तमा उनले हासिल गरेका उपलब्धि र निम्सदाइ फाउन्डेसनमार्फत उनले गरेका कल्याणकारी कार्यका निम्ति दिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्मान प्राप्तिपछि पुर्जाले समारोहमा कृतज्ञता व्यक्त गर्दै हिमाली भेगका समुदायलाई प्रकृतिसँग जोड्ने, उच्च पर्वतहरुको फोहोर हटाउने, पर्वतारोहणका लागि जोखिमपुर्ण पुराना डोरी विस्थापित गराउने काममा फाउन्डेशन लागिरहने बताए ।

उनले ६ महिना ६ दिनमै संसारका ८ हजार अग्ला १४ हिमाल चुचुरा आरोहण गरेर विश्व किर्तिमान कायम गरेका थिए । सेवेज माउन्टेन भनिने विश्वकै दोस्रो अग्लो हिमाल केटूमा हिउँदयाममा आरोहण गर्ने लगायतका दर्जन बढी उनका विश्व किर्तिमान छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!