रोजगारीका लागि बेलायत आउने ७१ जना नर्सको नाम छनोट

SHARE:

कबठमाडौं २६ नोभेम्बर २०२३ ।

वैदेशिक रोजगार विभागले रोजगारीका लागि बेलायत आउने ७१ जना नर्सको नाम छनोट गरेको छ।

नेपाल र बेलायतबीच नेपालबाट नर्स बेलायत ल्याउने सहमति भएअनुसार अन्तरवार्ताका लागि ७१ जना नर्स छनोट भएका हुन् । गएको साउनमा बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी दिनेसम्बन्धमा जारी भएको सूचनाबमोजिम विभागको अनलाइन पोर्टलमार्फत ७७१ जना नर्सले आवेदन दिएका थिए ।

विभागले तीमध्ये ७१ जनालाई अन्तरवार्ताका लागि छनोट गरिएको जनाएको छ । छनोट भएका नर्सहरुको अन्तरवार्ता यही मंसिर १८ गते (डिसेम्बर ४ मा) हुने विभागले जनाएको छ ।

बेलायतमा काम गर्न आउन कम्तीमा २ वर्ष काम गरेको अनुभव र अङ्ग्रेजी भाषामा दक्खल भएको, कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने प्रावधान थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!