विद्यार्थी भिसामा बेलायत आएको साता नबित्दै नेपाली महिलाको मृत्यु

SHARE:


लन्डन ५ डिसेम्बर २०२३ । विद्यार्थी भिसामा बेलायत आइपुगेकी एक साता नबित्दै एक नेपालीको मृत्यु भएको छ ।

स्याङ्जा बिरुवा-४, ओरस्टेकी कमला गुरुङको आइतबार निधन भएको हो । बीपीपी यूनिभर्सिटी वेष्ट लन्डनमा मास्टर्स गर्न आएकी ३१ वर्षीया कमलालाई डिसेम्बर ३ तारिख बिहान पेट दुख्ने, वान्ता र दिसा लागेपछि घरमै तातोपानी खुवाएर राखिएको थियो । दिउँसो ३ बजेतिर श्वासप्रश्वासमा समेत समस्या भएपछि एम्बुलेन्स बोलाएर रेडिङस्थित रोयल बर्कसायर अस्पतालको इमर्जेन्सी लगियो । तर साँझ ८ बजेतिर अस्पतालका ‘इन्टरप्रेटर’ ले कमलाको निधन भएको परिवारलाई जानकारी गराएको थियो ।

गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगरले पनि कमला गुरुङको मृत्यु भएको पुष्टि गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!