तमु प्ये ल्हु संघ युकेले ३१ डिसेम्बरमा ल्होसार कार्यक्रम गर्ने

SHARE:

लण्डन ६ डिसेम्बर २०२३ ।

तमु प्ये ल्हु संघ युकेले आगामी ३१ डिसेम्बर २०२३ मा ल्होसार कार्यक्रम गर्ने भएको छ ।

अल्डरसटमा रहेको एम्पायर हलमा संघले मुप्री ल्होको स्वागत स्वरुप तमु ल्होसार महोत्सव कार्यक्रम गर्न लागेको हो । संघका सहसचिव एवं एसीस मिडिया इन्द्रेश ङोप्छेले चर्चित लोकदोहोरी कलाकार चिज गुरुङ र निर्जला गुरुङको प्रस्तुतिसहित ल्होसार कार्यक्रम हुने जानकारी दिए ।

ल्होसारको दिन बिहान ९ बजे धार्मिक विधि अनुसार पूजा हुने र त्यसपछि सांस्कृतिक कार्यक्रम हुने सहसचिव ङोप्छेले जानकारी दिए । उनले कार्यक्रममा सहभागी हुन संघको तर्फबाट आग्रह गरेका छन् । तमु प्ये ल्हु संघ युकेले तमुहरुको नयाँ वर्ष मुप्री ल्हो (गिद्ध बर्ग) को पावन अवसरमा यही ३१ डिसेम्बर २०२३ (पुस पन्ध्र) ल्होसारको कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा सहभागीलाई २५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ । तर, ६ देखि १२ उमेर समूहका लागि मात्र १५ पाउन्ड रहेको जनाइएको छ । तमु (गुरुङ) समुदायले हरेक वर्ष पुस १५ लाई नयाँ वर्ष अर्थात् ल्होसारको रुपमा मनाउने गर्दछन् ।

यस वर्ष हि ल्हो (बिरालो बर्ग) लाई बिदाइ र नयाँ ल्हो मुप्रीको स्वागत गरिँदैछ । बेलायतमा बस्ने गुरुङ समुदाय सम्बद्ध संघ संस्थाहरुले पनि आआफ्नो अनुकूलता मिलाएर ल्होसार कार्यक्रम आयोजना गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!