
लन्डन ८ डिसेम्बर २०२३ । तमु समाज युकेले आगामी ६ जनवरी २०२४ तमु (गुरुङ) हरुको महान् पर्व ल्होछार/ल्होसार मनाउने भएको छ ।
हि ल्हो (बिरालो बर्ग) को बिदाइ र मुप्री ल्हो (गिद्ध बर्ग) को स्वागतका लागि उक्त दिन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम ह्यारो लेजर सेन्टरमा सो दिन साँझ ५ बजेदेखि सुरु हुने छ ।
ल्होछार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड वितरण, नयाँ सदस्यको स्वागत, सांस्कृतिक कार्यक्रमलगायत विविध आकर्षण रहने छ । कार्यक्रममा उपस्थितिका लागि तमुलगायत नेपाली बाआमा, दाजुभाइ, दिदीबहिनी सम्पूर्णमा निमन्त्रणा गरिएको छ ।






