मिस टुरिजम–२०१८ को उपाधि मनितालाई

SHARE:

काठमाडौं । मिस टुरिजम–२०१८ को उपाधि भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । शनिवार भएको अन्तिम प्रतिस्पर्धाका १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिजमको ताज चुमेकी हुन् । जितसँगै उनले नगद रु ५० हजार हात पारिन् । पौडेलले मिस फोटेजेनिकको उपाधि समेत जितेकी छन् ।

प्रमुख निर्णायक नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पाले सोधेको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सरकारले गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन भन्ने प्रश्नको जवाफ दिँदै पौडलेले उपाधि जितेकी हुन । प्रतियोगिताको पस्ट रनरको उपाधि प्रकृति ढकाल र श्रुती थापाले सेकेण्ड रनर अपाधी जित्दै क्रमशः रु ३० हजार र २० हजार प्राप्त गरे ।

प्रतियोगितामा दिक्षा श्रेष्ठ मिस इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाईस र मिस स्माईल, प्रकृति ढकाल मिस ट्यालेन्ट र मिस डिसिपिलेन, सङ्गीता थापा मिस फिगर,सृजना घमिरे मिस फ्रेण्डसिप,श्रृति थापा मिस पर्सनालिटि,सगुन अधिकारी मिस वाल्क घोषित भए । मिस टुरिजमको उपाधि चुमेकी १९ वर्षीया पौडेल ट्राभल एन्ड टुरिजम विषयमा स्नातक अध्ययनरत छिन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने,पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले प्वाइन्ट मिडियाले सन् २०१६ देखि मिस टुरिजमको आयोजना गर्दै आएको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए । प्रतियोगिताले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र उनीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्ने काफ्लेले वताए ।

मिस टुरिजम–२०१८ को ग्राण्ड फाईनलको निर्णायकहरुमा नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पा,नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सि.एन पाण्डे,नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्साल,नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक राजेन्द्र सापकोटा,युवा पर्यटन व्यवसायि तथा लेखक राजन सिंम्खडा,ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व महासचिव सागर पाण्डे,गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपालका निवर्तमान अध्यक्ष कमल सापकोटा,टानका वरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी,नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ र मिस नेपाल २०१५ ईभाना मानन्धर रहेका थिए ।

विजेताहरुलाई नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दीपक महत,नाट्टाका पूर्व अध्यक्ष अर्जुन शर्मा,अर्थवाउण्ड एक्सपिडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिम्खडा,यात्री स्विट्स एण्ड स्पाका प्रबन्ध निर्देशक सागर पाण्डे,प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्ले,प्रमुख कार्यकारी अधिकृत रविन्द्र अधिकारी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!