तमुधिं युके र पाहार ट्रष्ट नेपालको सहयोगमा खादिङ्गमा नयाँ विद्यालय भवन

SHARE:

रोशनी गुरुङ
पोखरा । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त धादिङ्गको एक विद्यालयले दाताको सहयोगमा नयाँ स्वरुप पाएको छ । जिल्लाको उत्तरी विकट क्षेत्र रुवि भ्याली गाउँपालिका ६ खादिङमा श्री हिमालय सरस्वती निमाविको नयाँ भवन निर्माण सम्पन्न भएसँगै विद्यालयको मुहार फेरिएको हो । भूकम्प गएयता जस्ताको पाताले चारैतिर घेरेर बनाइएको अस्थायी टहरामा विद्यार्थीले कष्टपूर्ण तरिकाले अध्ययन गर्दै आएका थिए ।

बेलायतमा लामो समयदेखि गोर्खा किचन नामक रेस्टुरेन्ट सञ्चालन गर्दै आएका खादिङका स्थानीय बासिन्दा भीम गुरुङको आग्रहमा तमुधि युकेले विद्यालय भवन पुनः निर्माणमा चासो लिएको थियो । त्यसपछि तमुधिंले विद्यालय भवन पुनःनिर्माणको सहयोगार्थ गत मार्च २५ तारिखमा बेलायतमा च्यारिटी डिनर गरेको थियो । च्यारिटीमार्फत करिब ५० लाख रुपैयाँ संकलन गरेको विद्यालय पुनःनिर्माण समितिका आर्थिक संयोजक तथा रामबजार सोसाईटी युकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए । रकम संकलन भएपछि तमुधिं युकेले योजना सम्पन्न गर्न प्राविधिक रुपमा सहयोग गर्न नेपालको ग्रामीण भेगमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील संस्था पाहार ट्रष्ट नेपालसँग सहकार्य गरेको थियो । यी दुई संस्थाको सहकार्यमा खादिङमा ५ कोठे विद्यालय भवन पुनःनिर्र्माणको काम अघि बढाएको थियो ।

गत वैशाख १२ गते भूकम्प गएको तीन वर्ष पुगेको दिनको सम्झनामा तमुधिं युके तथा पाहार ट्रष्ट नेपालको टोली खादिङ गाउँमा पुगेर विद्यालय भवन शिलान्यास गरेको थियो । तमुधिं युकेका निवर्तमान अध्यक्ष रामचन्द्र गुरुङ (सूर्जे) र वर्तमान अध्यक्ष ज्ञाम गुरुङले संयुक्त रुपमा नवनिर्मित भवनको शिलान्यास गरेका थिए । त्यसयता तीव्र गतिमा निर्माण अघि बढाएर हालै भवन सम्पन्न भएको पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए । भवन निर्माणको लागि पाहार टष्ट्र नेपालले प्राविधिक टोली सहित इन्जिनियरलाई कार्यक्षेत्रमा खटाएको थियो भने स्थानीय बासीन्दाले सदरमुकामबाट तीन दिन लगाएर निर्माण सामग्री गाउँसम्म पु¥याएका थिए । भवन सम्पन्न गर्न तमुधिको ५० लाख आर्थिक सहयोग छ भने स्थानीयको जनश्रमदान गरी कुल ६० लाख लागतमा निर्माण सम्पन्न भएको हो । नयाँ विद्यालय भवनमा यो बर्खे बिदा सकिएपछि पठनपाठन सुरु हुनेछ भने आउँदो नोभेम्बरमा तमुधिं युकेको टोली आएर भवनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

कक्षा ८ सम्म पठनपाठन हँुदै आएको विद्यालयमा हाल १ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । भौगोलिक रुपमा अत्यन्तै विकट ठाउँमा रहेको खादिङ गाउँ समुद्री सतहदेखि २०४० मिटरको उचाईमा छ । १ सय ८० घरधुरी रहेको खादिङमा गुरुङ जातिको बाहुल्य रहेको छ । यस गाउँमा कोदो, आलु, फापर आदिको मात्रै खेती हुँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!