काठमाडौं २३ जनवरी २०२४ ।

गैर आवासीय नेपाली संघ एनआरएनएले नेपाल भलिबल संघलाई आर्थिक सहयोग गरेको छ ।
एनआरएनएको सचिवालयमा एनआरएनए स्पोर्टस एकेडेमीले मंगलबार गरेको कार्यक्रममा अध्यक्ष डा. बद्री केसीले नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दलाई चेक हस्तान्तरण गरेका हुन् ।
नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबल संघलाई एनआरएनए स्पोर्टस एकेडेमीले ८ लाख रुपैयाँ सहयोग गरेको हो । कार्यक्रममा अध्यक्ष केसीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट एनआरएनएको टिमले पनि प्रतिस्पर्धा गरेको स्मरण गर्दै नेपालको खेलकुदको विकासका लागि आफूहरुले सधैं सहयोग गर्ने बताए ।
भलिबल संघका अध्यक्ष चन्दले एनआरएनएको सहयोगले भलिबल खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य हुने उल्लेख गरे ।






