कुलेखानी-काठमाडौँ सुरुङमार्ग प्रदेश सरकारले बनाउने

SHARE:

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने बताएका छन् ।
उनले सन् २०१२ मा उक्त सुरुङमार्ग चार वर्षभित्र निर्माण गर्ने भनी नेपाल पूर्वाधार विकास कम्पनीले सरकारसंग सम्झौता गरे पनि हालसम्म कुनै काम नगरेकाले अब प्रदेश सरकारले नै निर्माण अगाडि बढाउने स्पष्ट गरे ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न रु पाँच करोड बजेट छुट्याइसकेको जानकारी दिँदै प्रदेश गौरवको आयोजनाको परियोजनाअन्तर्गत राखेर अति महत्वका साथका साथ निर्माण अगाडि बढाइने बताए ।

पूर्वाधार विकास कम्पनीले नेपाल सरकारसँग २०२२ सम्म समय थप गरे तापनि अब उक्त कम्पनीले केही काम गर्न नसक्ने स्पष्ट भएकाले सम्झौता खारेजीका लागि केन्द्र सरकारसंग प्रदेश सरकारले अनुरोध गरेको छ ।
हालसम्म कम्पनीले कामको डोबसम्म नलगाएको बताउँदै मुख्यमन्त्री पौडेलले भने, “अब उसले केही गर्न सक्छ भन्ने आश छैन, खरबौं रकम व्यक्तिको कम्पनीमा जमानी राखेर सरकारले काम गराउन सक्दैन तर हामीलाई उक्त मार्ग जसरी पनि बनाउनु छ, त्यसैले यसको जिम्मा प्रदेश सरकार आफैँले लिन्छ ।”
सर्वसाधारणले सुरुङमार्ग निर्माणका लागि लाखौं रुपैयाँ कम्पनीलाई बुझाएकाले अब जनताले उक्त रकम खोई भनी खोज्ने बेला आएको मुख्यमन्त्री पौडेलले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!