आइसीसी यू- १९ क्रिकेटमा नेपाल बाङ्लादेशसँग पाँच विकेटले पराजित

SHARE:

काठमाडौं ३१ जनवरी २०२४ ।

आइसीसी यू-१९ विश्वकपमा नेपाल बाङ्लादेशसँग पाँच विकेटले पराजित भएको छ ।

नेपालले सुपर सिक्सको पहिलो खेलमा दिएको १७० रनको लक्ष्य बाङ्लादेशले २५.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो । बाङ्लादेशका लागि अरिफुल इस्लाम र जिशन आलमले अर्धशतक प्रहार गरे। इस्लामले ३८ बलमा ५९ र आलमले ४३ बलमा ५५ रन बनाए ।

नेपालका लागि सुवाष भण्डारीले पाँच विकेट लिए । उनले आठ ओभरमा ४४ रन खर्चिए। अन्य बलरले विकेट लिन सकेनन् । यसअघि ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रन बनाएको थियो। नेपालका लागि विशाल बिक्रम केसीले ४८, देव खनालले ३५, सुवास भण्डारीले १८ र अर्जुन कुमालले १४ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।

बाङ्लादेशका लागि रोहनत बोर्सोनले चार, शेख पभेजले तीन, इक्बल हुसेन, मरुफ मृधा र जिसन आलमले एक(एक विकेट लिए । सुपर सिक्स अन्तर्गत नेपालले अर्को खेलमा शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!