दक्षिण अफ्रिकालाई हराउँदै भारत यू–१९ विश्वकपको फाइनलमा

SHARE:

एजेन्सी ७ फेब्रुअरी २०२४ ।

भारत यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाले दिएको २४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४८।५ ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
भारतका लागि सचिन धसले सर्वाधिक ९६ रन र कप्तान उदय सहारनले ८१ रन बनाए । त्यस्तै राज लिम्बानीले चार बलमा १३ रन बनाउँदै नटआउट रहे । दक्षिण अफ्रिकाका क्वेना माफाका तथा ट्रिस्टन लुस ३र३ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा सात विकेट गुमाउँदै २४४ रन बनाएको थियो । उसका लागि जुआन ड्रे प्रिटोरियसको ७६ र रिचर्ड स्लेट्सवेनको ६४ रन बनाए । भारतका लागि राज लाम्बानीले ३ तथा मुशिर खानले २ विकेट लिए ।

भारत यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाले दिएको २४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४८.५ ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
भारतका लागि सचिन धसले सर्वाधिक ९६ रन र कप्तान उदय सहारनले ८१ रन बनाए । त्यस्तै राज लिम्बानीले चार बलमा १३ रन बनाउँदै नटआउट रहे । दक्षिण अफ्रिकाका क्वेना माफाका तथा ट्रिस्टन लुस ३र३ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा सात विकेट गुमाउँदै २४४ रन बनाएको थियो । उसका लागि जुआन ड्रे प्रिटोरियसको ७६ र रिचर्ड स्लेट्सवेनको ६४ रन बनाए । भारतका लागि राज लाम्बानीले ३ तथा मुशिर खानले २ विकेट लिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!