काठमाडौँ । लोकप्रिय कलाकार दिनेश थापा र सिमा भण्डारीको मौलिक तीज कोसेली ‘पाउजु बरी लै…’ सार्वजनिक भएको छ । नेपाली नारीहरुको ठूलो पर्व हरितालिका तीजलाई मध्यनजर गरेर कलाकारद्वय थापा र भण्डारीले मौलिक गीत हालै बजारमा ल्याएका हुन् । गीतमा विवाहको लागि उमेर पुगेकी दिदी र भाइबीचको ठट्टयौली सन्दर्भ समेटिएको छ। पाउजु बरी लैमा दिनेश थापा र सरोज लामिछाने शब्दमा रहेको छ।

उक्त गीतमा स्वर, संगीत र अभिनय थापाले नै गरेका छन् भने महिला आवाज सीमाको रहेको छ। अभिनयमा थापालाई ऋतु तामाङले साथ दिएकी छिन्।
गोरखा चौतारी म्युजिकले बजार व्यवस्थापन गरेको तीज गीतमा रकेश वलीले संगीत संयोजन, विक्रम चौहानले निर्देशन र छायांकन प्रकाश खड्काले गरेका छन्। मिलन विश्वकर्माको सम्पादन रहेको छ।
गायक तथा मोडल थापाले बोली नफेर, पानी मिठो कलकल, ए है लाली जोवन, पापिनीकै तस्बिर बोल्याछ जस्ता दर्जन गीत तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। उनले अभिनय गरेको काँठक्षेत्रमा प्रचलित दोहोरी गीत ‘सालको पात टपरी दुना’ झनै चर्चामा छ। थापाको अभिनय चलचित्रजगत्का मेलिना मानन्धर, झरना थापालगायत सँग पनि देख्न सकिन्छ।
भिडियो






