स्टार्स स्टुडियोले ३० वर्ष माथिका सामूहिक नृत्य प्रतियोगिता गर्ने

SHARE:

हुम तमु

पोखरा । स्टार्स स्टुडियो प्रालिले ३० वर्ष माथिका उमेर समुहको सामुहिक नृत्य प्रतियोगिता गर्ने भएको छ । पोखरा ८ न्युरोडस्थित स्टार्स स्टुडियोले आफ्नो स्थापनाको दोश्रो वार्षिक उत्सवको अवसरमा असोज ७ गते पोखरामा सभागृहमा नृत्य प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगितामा पहिलो हुने समुहलाई ३० हजार, दोश्रोलाई २० हजार, तेश्रोलाई १० हजार र सान्त्वना हुने समुहलार्य ५ हजार रुपैयासहित पुरस्कृत गरिने स्टुडियोका प्रवन्ध निर्देशक जसु गुरुङले जानकारी दिए ।

मौलिक सास्कृतिप्रति आकर्षण र सास्कृति हस्तान्तरणमा सघाउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको गुरुङले बताए । प्रतियोगितामा सहभागीताका लागि भदौ मसान्तरभित्र समुह दर्ता अवधि राखिएको, एक समुहमा ४ देखि १२ जना कलाकारहरु समावेश हुन सक्ने, नृत्यका लागि गीत नेपाली मौलिकता झल्कने खालको हुनुपर्ने र समुह दर्ता शुल्क १ हजार ५ सय रुपैया रहेको प्रतियोगिता संयोजक रमेश गुरुङले जानकारी दिए । दोश्रो वार्षिकोत्सवको अवसरमा स्टुडियोकी प्रवन्ध निर्देशक जसु गुरुङको नेतृत्वमा मनाङ जिल्लाको गााउ गााउमा साास्कृतिक अभियान गरिरहेको छ ।

नेपाली मौलिक सास्कृतिको संरक्षण गरौं भन्ने मुल नाराका साथ चलचित्र निर्देशक, नृत्य निर्देशक, नायिका जसु गुरुङद्धारा स्थापित स्टुडियोले नेपाली मौलिक नृत्यहरु प्रस्तुति, मौलिक नृत्यको प्रशिक्षण गर्दै नयाा पुस्तालाई सास्कृति हस्तान्तरण र मौलिक पोशाकहरु सुलभ दरमा भाडामा उपलब्ध गराउदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!