बीसीसी युकेले खेन्पो मगरको स्वागत गर्यो

SHARE:

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बौद्ध धर्म गुरु खेन्पो निमा सिङ्गे मगरलाई स्वागत तथा सम्मान गरेको छ । काठमाण्डौंस्थित सेचेन गुम्बाका बौद्ध शिक्षालयका प्रिन्सीपल समेत रहेका खेन्पो मगरलाई गत आइतबार १२ मे का दिन अल्डरसटस्थित बीसीसी युके गुम्बामा स्वागत गरिएको हो । उनलाई बीसीसी युके अध्यक्ष हर्क गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायत भक्तजनहरुले पूmलको गुच्छाले स्वागत गरे ।
कार्यक्रममा खेन्पो मगरले बीसीसी युकेले गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिदै, आफ्ना विद्यार्थी, भक्तजन र शुचिन्तकहरुलाई फेरी भेट्न पाउँदा खुशी लागेको बताए । सो अवसरमा बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङले खेन्पो निमा सिङ्गे गुरुलाई गुम्बामा पुनः स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै बीसीसीले आयोजना गर्दै आएका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी गराए ।
करिब ९० जनाको सहभागिता रहेको उक्त स्वागत तथा सम्मान कार्यक्रम पश्चात बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, खेन्पो निमा सिङ्गे मगर, लोपेन नोर्बु, खैबा कर्म सुनाम लामाले तारा डोल्मा देबीको पूजापाठ गरेका थिए । त्यस्तै, दिउँसोको खाना पश्चात खेन्पो निमा सिङ्गे मगरको अगुवाई र पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, बीएमईको संयोजकत्वमा बौद्ध धर्ममा अत्यन्त महत्व मानिने च्योद् साधना समेत गरिएको थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, बीएमई, पूर्व अध्यक्ष नरेश गुरुङ, पूर्व अध्यक्ष धर्म तामाङ्ग, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ, सल्लाहकार जङ्ग बहादुर गुरुङ, तमु धिं युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ, सहारा युकेका पूर्व अध्यक्ष मिन गुरुङलगायत भक्तजन, शुभचिन्तकलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!