शेर्पा संघ युकेका पूर्वअध्यक्ष आङ कल्जङ शेर्पा लामाको निधन

SHARE:

लन्डन १५ मे २०२४ । शेर्पा संघ युकेका पूर्वअध्यक्ष तथा सामाजिक अभियन्ता आङ कल्जङ शेर्पा लामाको निधन भएको छ ।

स्थायी ठेगाना जिरी नगरपालिका १, दोलखा पुम्पाका शेर्पाको काठमाडौंमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार कल्जङ मर्निङवाकमा निस्किएका बेला ढलेर बेहोस भएका थिए । त्यसपछि अस्पताल पुर्‍याएका लामालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी शेर्पा संघ युरोपका पूर्वअध्यक्षसमेत थिए ।

यसैबीच नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले शेर्पा समुदायका अग्रज व्यक्तित्व आङ कल्जङ शेर्पा लामाको निधनमा दु:ख व्यक्त गरेका छन् । अध्यक्ष कर्माले जारी गरेको सन्देशमा भनिएको छ, ‘शेर्पा समाजको अग्रज व्यक्तित्वलगायत विभिन्न समाजमा आबद्ध समाजसेवी आदरणीय दाजु आङ कल्जङ शेर्पा लामाज्यूको असामयिक निधनको खबरले स्तब्ध भएको छु । मृतात्माको चिर शान्तिको कामना गर्दै भगवान् बुद्धसँग प्रार्थना गर्दछु । साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!