
लन्डन १ जून २०२४ । बेलायतको साउथ वेस्टमा बसोबास गर्ने साझा संस्था साउथ वेस्ट नेपाली समाज यूकेको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
संस्थाको अधिवेशनले म्याग्दी बेनी नगरपालिका–६, छापका जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । समाजको वरिष्ठ उपाध्यक्ष किशोर जिसी, उपाध्यक्षद्वय गंगा सापकोटा, राजन घले महिला उपाध्यक्ष शोभाना पोखरेल, महासचिव लोकेन्द्र खड्का, सचिव डेबिट बानियाँ, कोषाध्यक्ष मुक्ति खरेल, सहकोषाध्यक्ष शम्भू पाण्डे, महिला संयोजक प्रतिमा ओली, युवा संयोजक बिराज रेग्मी, सहसंयोजक रुशा कार्की रहेका छन् ।
कार्यसमितिको सदस्यहरुमा अर्जुन कुँवर, कमल दाहाल, कृष्ण रायमाझी, सन्तोष ढकाल, नमस केसी, राम थापा, मनोज पोखरेल, प्रकाश आचार्य, एकराज तामाङ, पिके क्षत्री, प्रवीण शर्मा र राज डल्लाकोटी निर्वाचित भएको अध्यक्ष जिसीले बताए ।
यसैगरी समाजको संरक्षक पूर्वअध्यक्ष दिपक ढकाल, डा. भरत श्रेष्ठ, डा. ललित हमाल रहेका छन् भने सल्लाहकारमा माधव हुमागाईं, हेमकान्त सेडाई, अमृत सेडाई, दिपक गिरी, धिरेन्द्र श्रेष्ठ, सुरेश केसी, सनी अधिकारी, राजेन्द्र कुँवर, श्रीराम खरेल, हरि काराखेती, गणेश ओझा, भरत थापा चयन भएका छन् ।
अधिवेशन पूर्वकाउन्सिलर शाज सिंहले उद्घाटन गर्दै नेपालीहरुको एकता र सहकार्यबाट उत्साहित भएको बताए । सोही अवसरमा संस्थापक अध्यक्ष दिपक ढकाल, डा. ललित हमाल, डा.भरत श्रेष्ठ, अमृत सेडाइ, माधब हुमागाईले संस्थामार्फत भइरहेका रचनात्मक कार्यहरुको प्रशंसा गर्दै आगामी दिनमा समेत साथ र सहयोग रहने बताए ।
सन् २००८ मा स्थापना भएको समाजमार्फत जन्मभूमि नेपालमा विभिन्न क्षेत्रमा सहयोग गरिएको छ । समाजको ननिर्वाचित अध्यक्ष जिसीले आफ्नो कार्यकालमा साउथ वेस्टमा बसोबास गर्ने धेरै नेपालीलाई संस्थागत गतिविधिमा आबद्ध हुने गरी काम गर्ने बताए । उनले समाजको शीर उच्च हुने गरी अग्रज, कार्यसमितिका सहकर्मीहरुको सहयोगमा काम गर्ने बताए ।



