काठमाडौं । नवप्रतिभा गायक रेशम आले मगरले नेपाली मौलिक संस्कृति झल्किने लोक गीतको म्युजिक भिडियो ‘राजी छु’ सार्वजनिक गरेका छन् ।
विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजार व्यवस्थापन गरेको सो म्यूजिक भिडियोमा शब्द÷संगीत राजकुमार बगरको र गायनमा देवी घर्तीले साथ दिएकी छिन् । अभिनय चर्चित मोडल दुर्गेश थापा र रिना थापाले गरेका छन् ।
म्युजिक भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन विष्णु शर्मा र निर्देशन प्रकाश भट्टले गरेका छन् ।






