‘जेन–जी’को आन्दोलन उग्र बनेपछि नेपालको राजधानी काठमाडौंमा लाग्यो कर्फ्यु

SHARE:

तस्बिर सौजन्य : रुटिन अफ नेपाल बन्द

काठमाडौं ८ सेप्टेम्बर २०२५ । नेपालमा जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि राजधानी काठमाडौंमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको हो ।

सोमबार अपराह्न १२:३० देखि राति १० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गरेका हुन् ।

सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा भेला भएका युवाहरु नयाँ बानेश्वर पुगेर निशेषधि क्षेत्र तोडेका छन् । सँगै आक्रोशित आन्दोलनकारी संसद् भवन प्रवेश गरेका छन् । प्रहरीले आन्दोलन रोक्न अश्रुग्यास, रबर गोली प्रहार गरेको छ ।

‘जेन–जी’ (सन् १९९७-सन् २०१२ सम्म जन्मिएको पुस्ता) ले आन्दोलनबाट पछि नहट्ने अडान लिइरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!