बेलायतमा १५९औं मोती जयन्ती तथा रचना वाचन भब्य रुपमा सम्पन्न

SHARE:

प्रतिमा केसी – लन्डन।

२२ सेप्टेम्बर २०२५ – साहित्य समाजको ऐना हो भनिन्छ।  यही कथनलाई सार्थक साबित गर्दै बेलायतमा सक्रिय अग्रणी नेपाली साहित्यिक संस्थाहरू नेपाल मुक्तक प्रतिष्ठान युके र अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सह-आयोजनामा नेपालको वर्तमान आन्दोलन, राजनीतिक तरलता र देशको गम्भीर अवस्थालाई कतै सांकेतिक र नरम भाषामा त कतै आगो ओकेलिएको रचनाहरु वाचन गरिएको छ।

गत शनिवार २० सेम्टेम्बरका दिन भएको यस कार्यक्रमको सन्दर्भ थियो १५९औं मोति जयन्ती तथा मुक्तक र गजल वाचन कार्यक्रम। भर्चुवल माध्यमबाट गरिएको उक्त कार्यक्रममा नेपाल, युके, बेल्जियम, जर्मनी, पोर्चुगल, र फ्रान्सका गरी करिव दुई दर्जन साहित्यकारहरूको सहभागीता रहेको थियो।

उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सुर्य बहादुर खडका “बिखर्ची” ले आफ्ना दुई मुक्तक वाचन गरेर कार्यक्रमको ढोका उघारेको कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार डा, रुपक श्रेष्ठले मोतीराम भट्टको व्यतिक्त्व र कृतिहरु बारे सविस्तार चर्चा गरेका थिए।   मोतीराम बारे चर्चा गर्दै डा. श्रेष्ठले भने उनी बहुआयामिक व्यक्तित्वका धनी थिए, छोटो उमेरमा उनले नेपाली साहित्यका २५ वटा पुस्तकहरु प्रकासन गरे, खासगरी मुक्तक र गजललाइ निकै उचाई दिए र भानुभक्तलाई आदिकवीको रुपमा नेपाली साहित्यमा स्थापित गरे । त्यसै गरी अनेसास युकेका अध्यक्ष्य राज श्रेष्ठले बिखर्चीको प्राज्ञिक यात्रा बारे चर्चा गरेका थिए। श्रेष्ठका अनुसार उनी आजीवन साहित्यमा साधनारत एउटा अब्बल साहित्यकार हुन र हालसम्म ६१ वटा बिभिन्न विधाका कृतिहरु प्रकासित गरिसकेका छन।

नेपाल मुक्तक प्रतिष्ठान युकेका उपाध्यक्ष तथा १५९औ मोती जयन्ती कार्यक्रमका कार्यक्रम संयोजक प्रतिमा केसी “प्रवासी”को स्वागत तथा संचालनमा भएको कार्यक्रममा अनेसास पोर्चुगलका अध्यक्ष एन.बि “अन्जान”, अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारंजित, अनेसास जर्मनीका अध्यक्ष सुजिता घिमिरे, अनेसास फ्रान्सका अध्यक्ष प्रसान्त उप्रेती “भुँइमान्छे” अतिथि थिए र उनीहरू सबैले आफ्ना गहन रचना समेत वाचन गरेका थिए।   हालै नेपालमा भएको “जेन-जी” आन्दोलनमा मृत्युवरण गर्ने सबै मृतक प्रति एक मिनेट मौनधारण समेत गरिएको कार्यक्रममा मुक्तककारहरू डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ, राज श्रेष्ठ, माया गुरुङ, बिनोद अधिकारी, दुर्गा प्रसाद पोख्रेल, सारा गुरुङ, नानु राना थापा, अहिल्या कुँवर, प्रतिमा केसी, बिसन थापा मगर, निलम कुमार पौडेल र मोहन आचार्य “जलद”ले अत्यन्तै खारिएका, चोटिला तथा समसामयिक मुक्तकहरु प्रस्तुत गरेका थिए।

उक्त भव्य कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति तथा प्रमुख अतिथि सुर्य बहादुर खड्का “बिखर्ची”ले प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै मोतीराम भट्ट भनेका जून र घाम रहेसम्म नेपाली साहित्यले सम्झिरहने महान व्यक्तित्व भएको कुरा बताए। उनले आफ्ना निकै गहकिला मुक्तक वाचन गर्दै आयोजकलाई धन्यवाद दिएका थिए।

कार्यक्रमको अन्तमा कार्यक्रमका अध्यक्ष तथा नेपाल मुक्तक प्रतिष्ठान युकेका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले सबैलाई आफ्ना चोटिला, पोटिला र समसामयिक रचना वाचन, १५९औँ मोती जयन्तीकार्यक्रममा सहभागीता र आतिथ्यताको लागि धन्यवाद दिएर कार्यक्रम समापन गरेका थिए । उनले कार्यक्रममा वाचित सबै रचनाहरूको संक्षिप्त समिक्षा समेत गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!