‘दुरा भाषा मरेको होइन’ — द भोइस अफ नेपालमा सञ्जिता दुराको ऐतिहासिक प्रस्तुति

SHARE:

दुरा भाषा त हराइसक्यो’ भन्ने भनाइलाई लमजुङकी युवा गायिका सञ्जिता दुराले गलत सावित गरिन्। द भोइस अफ नेपाल सिजन ७ को मंचमा उनले आफ्नो परिचय नै आफ्नो मातृभाषा दुरा भाषामा दिँदै सुरुवात गरिन्, जसले सम्पूर्ण दर्शक र कोचहरूलाई भावुक बनायो।

सञ्जिताको मधुर स्वर र मौलिक प्रस्तुतिले चारै जना कोचहरूको कुर्सी घुमाउन सफल भयो। गीतपछि कोचहरू भावनामा डुबेर उनीप्रति सम्मान र गर्व प्रकट गरे।

 

दुरा भाषा नेपालका लोपोन्मुख भाषामध्ये एक हो। लमजुङ र आसपासका क्षेत्रमा बसोबास गर्ने दुरा समुदायबीच यो भाषा अब निकै कम बोलिन्छ। तर सञ्जिताको प्रस्तुतिले देखायो — कुनै भाषा तबसम्म मर्दैन, जबसम्म त्यसका सन्तानहरूले गर्वका साथ त्यसलाई बोल्छन्।

“आफ्नो भाषा बोल्नु भनेको आफ्ना पुर्खाको आत्मासँग संवाद गर्नु हो,” कार्यक्रमपछि एक दर्शकले सामाजिक सञ्जालमा लेखे। सञ्जिताको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ, जहाँ हजारौं दर्शकहरूले उनलाई शुभकामना र आशीर्वाद दिइरहेका छन्।

सञ्जिता दुरा अहिले केवल एक प्रतिस्पर्धी मात्र होइनिन्, उनी भाषा र पहिचानको प्रतीक बनिसकेकी छन्। उनले दुरा समुदायको गौरव मात्र होइन, सम्पूर्ण नेपालका आदिवासी भाषाहरूको अस्तित्वप्रति चेतना जगाउने काम गरेकी छन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!