अधिवेशन तयारीमा जुट्यो पत्रकार महासंघ बेलायत

SHARE:

एटा सम्वाददाता
अल्डरसट । नेपाल पत्रकार महासंघ बेलायत शाखा आगामी १९ मे २०१८ मा सम्पन्न हुन लागेको चौथों अधिवेशनको तयारीमा जुटेको छ । अधिवेशनको तयारीका लागि गत ७ अप्रिल २०१८ शनिबार शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको टेलिकन्फ्रेन्स बैठकले विभिन्न बिषयमा छलफल गरेको थियो ।

बैठकले शाखाको चौथो अधिवेसन मे १९ का दिन हुने भएकाले अधिवेसनस्थलको छनौट गर्ने जिम्मा अध्यक्ष नरेश खपाङ्गीमगरलाई दिइएकोमा अध्यक्ष खपाङ्गीले अल्डरसटस्थित एम्पायर हललाई अधिवेशन स्थलको रुपमा छनोट गरिसकेको छ । बैठकले अधिवेसनमा प्रस्तुत हुने प्रगति प्रतिवेदन तयार गर्न महासचिव लीलामान शेरपुञ्जालाई, आर्थिक प्रतिवेदन पेश गर्न कोषाध्यक्ष पूर्ण गुरुङलाई र विधान संशोधन मस्यौदा प्रस्तुत गर्न वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेललाई जिम्मा दिएको छ । त्यस्तै, बैठकले अधिवेसनका दिन ६० वर्ष उमेर पूरा गरेका अग्रज पत्रकारहरुलाई सम्मान गरिने र सोको संयोजनको जिम्मा उपाध्यक्ष ध्रुव अर्याललाई दिएको छ ।

सो चौथो अधिवेसनमा नयाँ कार्यसमिति चयनका लागि विजय थापाको संयोजकत्वमा सोलिसिटर राजु थापा, निवर्तमान अध्यक्ष चिरन शर्मा, सभासदहरु विकल आचार्य र दुतबहादुर पुन रहेको निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिको सल्लाहकारमा राजन कँडेल, रामशरण सिंखडा, भगिरथ योगी, नविन पोखरेल, हरिकुमार गुरुङ काजी, केशव भण्डारी र मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पालाई बैठकले चयन गरेको छ ।

त्यस्तै, बैठकले सदस्यहरुको अनुकूलताअनुसार जिम्मेवारी हेरफेर गर्न सकिने गरी अधिवेसन तयारीको जिम्मेवारी बाँडफाँड गरेको छ । हल व्यवस्थापनमा जगत थापा, बाचस्पति रेग्मी, नगेन्द्र नेम्वाङ, प्रकाश गुरुङ र मधुकर गुरुङ, प्रतिनिधि दर्तामा पूर्ण गुरुङ, रोशन मेवाहाङ राई, पुष्पा गुरुङ र भावना परिस्कृत सुनुवारलाई जिम्मेवारी दिएको छ । त्यस्तै, अभिलेखीकरणमा छत्र वनेम र शिव भण्डारी, अतिथि सत्कारमा सल्लाहकारहरु भगिरथ योगी, चिरन शर्मा, नविन पोखरेल, हरिकुमार गुरुङ काजी, केशव भण्डारी र मेजर रिटायर्ड सोनाम छिरिङ शेर्पा रहेका छन् । भिडियो फोटोमा मिलन तमु, एसके गुरुङ, शंकर श्रेष्ठ, विसन गुरुङ र गुणदेव घिमिरेलाई जिम्मा दिइएको छ भने प्रचारप्रसारमा शिव भण्डारी, शिव तिवारी, नृपेश उप्रेती, नरेन्द्र बस्नेत, सुजन पराजुली, जानुका राईलाई जिम्मेवारी दिइएको छ ।

साथै, सो बैठकले शाखामा महासंघको सदस्यताका लागि प्राप्त आवेदनहरुमध्ये गणेश खड्का, प्रदिप सिंह, खुशीमान लिम्बु, विपिन निरौला, सिद्धार्थ बिक्रम क्षेत्री, रवि अर्याल, अनिल मल्ल, टिका अधिकारी, शालिक सापकोटा, अर्जुन कटवाल, रुपक प्रजापति, जीवन सेन र सुशील प्रजापतिको आवेदन केन्द्रमा पठाउन सिफारिस गर्ने निर्णय गरेको छ । सो बैठकको अन्त्यमा अध्यक्ष खपाङ्गीले बैठकमा सहभागी सबै पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद व्यक्त गर्दै अधिवेशन केन्द्रित हुन सबैलाई आग्रह गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!