भक्तपुरमा सुरु भयो नेकपा एमालेको ११ औँ महाधिवेशन

SHARE:

भक्तपुर, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भक्तपुर सल्लाघारीमा भएको ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी हुनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

भक्तपुर १३ डिसेम्बर २०२५ । नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु भएको छ । भक्तपुरको सल्लाघारीमा विशेष समारोहबीच अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर झण्डोत्तलन र बत्ति बालेर महाधिवेशन उद्घाटन गरेका हुन् ।

समारोहमा एमालेका नेता कार्यकर्तासहित विभिन्न पार्टीका नेताहरु अतिथिका रुपमा सहभागी भएका छन् । सल्लाघारीस्थित तीनकुने मैदानमा सहभागीहरुको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ एमालेको महाधिवेशन शनिबारदेखि सुरु भएको हो ।

हरेक पाँच वर्षमा महाधिवेशन गर्ने विधानको व्यवस्था भए पनि यसपालि एक वर्षअघि नै आयोजना गरिएको छ । दसौं महाधिवेशन मंसिर २०७८ मा चितवनमा भएको थियो ।

जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीति परिस्थितिमा एमाले महाधिवेशन हुन लागेको हो । नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ ।

महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डीपी अर्याल, राप्रपा अध्यक्ष राजेनद्र लिङ्देन, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुले शुभकामना दिने कार्यक्रम रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!