बिनु गुरुङको नेतृत्वमा तमु लम परिवार यूके छोरी चेलीको कार्यसमिति गठन

SHARE:

लन्डन १३ जनवरी २०२६ । समाजसेवी बिनु गुरुङको नेतृत्वमा तमु लम परिवार यूके छोरी चेलीको कार्यसमिति गठन गरिएको छ ।

तमु लम परिवार यूकेको १० जनवरीमा सम्पन्न बैठकका अवसरमा छोरी चेलीको कार्यसमिति गठन गरिएको हो । बिनु तमु धीं लन्डन ब्रान्च आमा समूहकी उपाध्यक्ष पनि हुन् ।

बैठकमा तमु लम परिवार यूके अध्यक्ष रामचन्द्र गुरुङले मनोनीत भएका सल्लाहकारहरूलाई खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए । बैठकमा सचिव दलबहादुर गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए । उपाध्यक्ष युनिल पूर्णचन्द्र गुरुङले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा संस्थामा आबद्ध भएका संघसंस्थाहरूमा अध्यक्ष भएकाहरूलाई पनि स्वागत र सम्मान गरिएको थियो ।

साथै विधान मस्यौदा समिति संयोजक सुमल कुमार गुरुङले विधानको मस्यौदा प्रस्तुत गरेका थिए । विधान मस्यौदा समितिमा सुमल कुमार गुरुङ, एकेन्द्र गुरुङ, टीका गुरुङ र गणेश गुरुङ रहेका थिए ।

रामचन्द्को अध्यक्षतामा भएको कार्यक्रम महासचिव सविन्द्रकुमार (एसके) गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!