पूर्वमन्त्री हितबहादुर तामाङद्वारा नुवाकोटमा मतदान

SHARE:

घलेभन्ज्याङ (नुवाकोट) । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट नुवाकोट १ का उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले मतदान गरेका छन् ।

निवर्तमान सांसद समेत रहेका तामाङले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका-३ स्थित देवकी धरम विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार यहाँ मतदानपछि उनले सम्पूर्ण मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे ।

अब आउने संसद् र सरकारले जनताका आधारभूत आवश्यकता सम्बोधनका लागि ध्यान दिनुपर्ने बताए । पूर्वमन्त्री तामाङ यस क्षेत्रबाट पाँचौं पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

तामाङ यसअघि २०७४,०७९ सालको आमनिर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!