काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने ‘दर्शना’ निर्वाचित भएकी छन् ।
बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको शुक्रबार बिहान सार्वजनिक मत परिणाम अनुसार दर्शना १५ हजार ४ सय ५५ मतसहित विजयी भएकी हुन् । कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ३ सय ६४ मत र राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गरे । त्यस्तै एमालेका मोहनराज रेग्मीले १ हजार ६ सय १८ मत ल्याए ।






